सिमेन्ट कम्पनीको ठगी धन्दा फस्टाउँदै

0

काठमाण्डौं – मापदण्डविपरीत सिमेन्ट विक्री गर्ने विभिन्न सिमेन्ट उद्योगमाथि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाहीको प्रक्रिया अघि बढाएको छ । सिमेन्ट उद्योगले व्यवासयिक धर्म निर्वाह गर्नुको साटो उपभोक्ता ठग्दै लुटपाट मच्याएका छन् । सिमेन्ट उद्योगले मनपरी गर्न थालेपछि संसदीय समितिमा पनि सांसदहरुले आवाज उठाउँदै आएका छन् । सांसदहरुले गुणस्तरीय उत्पादन नदिने उद्योगीलाई तत्काल कारवाही गर्न मागसमेत गरेका छन् ।

गुणस्तरहीन सिमेन्ट विक्री गरी उपभोक्ता ठगी गरेको र मानव स्वास्थ्यलाई समेत असर गर्ने वस्तु प्रयोग गरेको र बनाइएका भवन अत्यन्तै कमजोर भएको भन्दै गुनासो बढेपछि विभागले अनुगमन थालेको हो । विभागले होङ्सी, शिवम, गणपति, शुभश्री, जगदम्बालगायतका सिमेन्टमाथि कारबाही अघि बढाएकोे छ । गुणस्तरहीन सामाग्री प्रयोग गरेको भेटिएपछि विभागले गणपति सिमेन्ट विक्री वितरणमा रोक लगाएको छ ।

विभागले होङ्सी, गणपति र शुभश्री जगदम्बा सिमेन्ट बजारबाट फिर्ता गर्न सञ्चालकलाई पत्राचार गरिसकेको छ । विभागले गुणस्तरहीन भन्दै खरिद नगर्न उपभोक्तालाई आग्रह समेत गरेको छ । विभागले कारवाही गर्ने भनेपछि अरु सिमेन्ट उद्योगीहरु पनि जसरी भएपनि आफ्नो कालो कर्तुत ढाकछोप गर्न दौडधुपमा लागेको समाचारस्रोतले जनायो । एकातिर सिमेन्टको भाउ पनि दिनैपिच्छे बढाइएको छ भने अर्कातिर गुणस्तर समेत खस्कँदै आएको छ ।

उपभोक्ताले होङ्सी, गणपति र शुभश्री जगदम्बा लगायतका सिमेन्टबाट ठगिएको भन्दै उजुरी परेपछि ती सिमेन्ट उद्योगमाथि कारबाही थालिएको विभागले जनाएको छ । उपभोक्ताले सगरमाथा सिमेन्ट पनि गुणस्तरहीन भएकाले आफुहरु ठगिएको भन्दै कारबाहीको माग गर्दै आईरहेका छन् ।

विभागले काठमाडौं, ललितपुर, मोरङ, जनकपुर, झापा र बारा पुगेर ३४ वटा नमूना लिई परीक्षण गरेको थियो । यसरी परीक्षण गर्दा होङ्सी, गणपति र शुभश्री जगदम्बा लगायतका सिमेन्ट पूर्ण रुपमा गुणस्तरहीन भेटिएको प्रवक्ता उपनिर्देशक रोमी मानन्धरले जानकारी दिईन् ।

होङ्सीको ओपीसी र पीपीसी दुवै सिमेन्टमा म्याग्नेसिम अत्याधिक बढी भेटिएको छ । गुणस्तरयुक्त ओपीसी सिमेन्टमा म्याग्नेसियमको मात्रा ५ प्रतिशत हुनुपर्छ तर, होङ्सीको ओपीसी सिमेन्टमा म्याग्नेसियमको मात्रा ५ दशमलव ८ भेटिएको प्रवक्ता मानन्धरले बताइन् । यसैगरी, गणपति, शुभश्री जगदम्बा सिमेन्टमा पनि परीक्षणको क्रममा म्याग्नेसियमको मात्रा ५ दशमलव ८ भेटिएको विभागले जनाएको छ । म्याग्नेसियम बढी भएको सिमेन्टले घर, भवन तथा पुल निर्माण गर्दा छिट्टै भत्कने जोखिम उच्च हुन्छ । होङ्सी, गणपति र शुभश्री जगदम्बा सिमेन्ट लगायतका सिमेन्टमा मापदण्डविपरीत विक्री गरेको पाइएको थियो ।

विभागका अनुसार जाँचका क्रममा गणपति सिमेन्टमा दुईवटा कैफियत भेटिएको थियो । जस अनुसार म्याग्नेसियम अत्याधिक बढी देखिएको छ भने सिमेन्टलाई पूर्ण रुपमा गुणस्तरहीन बनाउने पदार्थ आईआर (अघुलनशील पदार्थ) समेत अत्याधिक बढी भेटिएको छ । गुणस्तरहीन सिमेन्ट विक्री गरी उपभोक्ता ठगी गर्ने क्रममा सुधार नगरे ती सिमेन्ट उद्योगको इजाजतपत्र समेत रद्द गर्न सक्ने चेतावनी विभागले दिएको छ ।

Leave A Reply

Your email address will not be published.