सभामुख चयन पेचिलो बन्दा संसद बैठक पुस २७ गतेसम्म स्थगित

0

काठमाण्डौं – सभामुख चयनको बिषय पेचिलो बन्दै जाँदा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले सभामुखको बिषय टुंगो लगाउन नसक्दा पुस २७ गतेसम्मको लागि संसद बैठक स्थगित भएको छ ।

सभामुखमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नाममा नेकपाका दुबै अध्यक्ष सहमत भएपनि राष्ट्रपति सहमत हुन नसक्दा सभामुख चयनको बिषय पेचिलो बन्दै गएको छ ।

सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार तय गर्न नसक्दा भोलि (बुधबार) बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित गरेको जानकारी संसद सचिवालयले जनाएको छ ।

सभामुख चयनमा राष्ट्रपति पनि अगाडि सरेपछी पुर्व माओवादी पक्षधरले पनि सभामुख आफुले पाउनुपर्ने अडान दोहोर्‍याए पछि सत्तारूढ दलमा सभामुख चयनको कुरा पेचिलो बन्दै गएको हो । आफू अनुकुललाई नै सभामुख बनाउन कसरत गर्ने होड नेकपामा चलिरहेको छ ।

सत्तारूढ नेकपाको अनिर्णयको बन्दी भने सार्वभौम संसद बन्दै गएको छ ।

Leave A Reply

Your email address will not be published.