अफगानिस्तानमा २७ शान्ति अभियन्ता तालिवानको अपहरणमा

0

बीबीसी – शान्तिको कामना गर्दै पश्चिमी अफगानिस्तानको यात्रामा निस्केको शान्ति सम्बन्धी अभियन्ताको २७ सदस्यीय एक टोली तालिबान समूहको अपहरणमा परेको छ ।

स्थानीय अधिकारीहरुका अनुसार ती मानिसको अपहरण उनीहरु शान्ति मार्च गर्दै पश्चिमी भूभागतर्फ अघि बढिरहेको बेलामा भएको हो । पिपुल्स पिस मुभमेन्टको नाममा शान्ति स्थापना र युद्धविरामको माग गर्दै सो टोलीले करिब दुई साता पहिला हेरात प्रान्तबाट आफ्नो यात्रा शुरु गरेको थियो ।

तर, फाराह प्रान्तमा प्रवेश गरेपछि उनीहरुको बारेमा कुनैपनि जानकारी नमिलेको अधिकारीहरुले बताएका छन् ।

तालिवानको तर्फबाट पनि उनीहरुको बारेमा कुनै टिप्पणी भएको छैन ।

तालिबान अमेरिकासँग शान्तिवार्ताको प्रयास गरिरहेका बेलामा उसले अर्कोतर्फ अफगान तथा अन्तर्राष्ट्रिय सेनामाथि पनि आक्रमणको घटना गराएको जानकारी सार्वजनिक भइरहेका छन् ।

फाराह प्रान्तका डेपुटी गभर्नर मसूद बख्तावरका अनुसार ६ वटा कारमा रहेका ती शान्ति अभियन्तालाई तालिवानले मुख्य सडकमा रोकेका थिए ।

त्यसपछि उनीहरुलाई एक अज्ञात स्थानमा लगिएको थियो । यी अभियन्ताले सन् २०१८मा पनि हेल्मण्ड प्रान्तबाट आफ्नो अभियान शुरु गरेका थिए ।

त्यतिबेलाको यात्रा दक्षिण प्रान्तको एक स्टेडियममा कार बम धमाकामा १७ मानिसको मृत्यु भएपछि शुरु भएको थियो ।

घटनामा ५० भन्दा बढी घाइते भएका थिए । सो समूहले यस अघि तालिबानको नियन्त्रण भएको क्षेत्रमा पनि यात्रा गरेको थियो ।

तर, यसपालि तालिबानले यो शान्ति अभियन्ताको टोलीलाई सरकारले आर्थिक सहयोग दिएको आरोप लगाएको थियो । सन् २००१देखि जारी अफगान हिंसाका क्रममा अहिलेसम्म ३ हजार भन्दा बढी अन्तर्राष्ट्रिय सुरक्षाकर्मी तथा दशौं हजार अफगान नागरिक र सुरक्षाकर्मीको समेत मृत्यु भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.