मन्त्रीका लागि नेताहरूको दौडधूप सुरु

0

नयाँ मन्त्रीमा शिवमाया तुम्बाहाम्फे र जनार्दन शर्माको चर्चा

काठमाण्डौं – समाजवादी पार्टीले सरकार छाडेपछि मन्त्री बन्नका लागि सत्तारुढ नेकपाका नेताहरूको दौडधूप सुरु भएकोछ । समाजवादी पार्टीले नेतृत्व गरेका दुई मन्त्रालयमा नेतृत्व गर्न नेताहरू मंगरबार रातीदेखि नै पार्टी नेतृत्वलाई भेट्न दौडधुप सुरु गरेको बताइएको छ ।

अहिले कानुन मन्त्रालय र सहरी विकास मन्त्रालय मन्त्रीविहिन भएका छन् । यि दुई मन्त्रालय मध्ये एउटामा वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फे ल्याउन सम्भावन रहेको नेकपाका एक स्थायी समिति सदस्यले जानकारी दिए ।

उपसभामुख पदबाट राजीनामा गराएर तम्बाहाम्फेलाई कानुन मन्त्री बनाउने सम्भावना रहेको र त्यसै अनुसार छलफल सुरु भएको ति नेताले बताए । ‘सम्ववत् कानुन मन्त्रीमा वर्तमान उपसभामुख नै आउँनुहुन्छ होला,’ ति नेताले अनलाइनपानासँग भने, ‘सहरी विकास मन्त्रीको लागि नेताहरूको दौडधुप सुरु भएकोछ ।’

सहरी विकास मन्त्रीको लागि नेकपा भित्र जनार्दन शर्मा, पम्फा भुसाल, महेश बस्नेत, नारदमुनि राना, लेखराज भट्ट, देवेन्द्र पौडेल, खगराज अधिकारीको नाम चर्चामा रहेको छ । पूर्व एमालेका नेता सभामुख भएमा सहरी विकास मन्त्रालयमा पूर्व माओवादी केन्द्रबाट मन्त्री बन्ने स्रोतको दाबी छ ।

त्यसो हुँदा जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल मध्ये एक मन्त्री हुने सम्भावना बढी रहेको छ । राजपा सरकारमा आउन चाहेमा सहरी विकास मन्त्रालयसहित उपसभामुख दिने नेकपाको तयारी छ ।

संघीय सरकारमा राजपा सहभागी भएमा प्रदेश नम्बर २ मा पनि सरकार परिवर्तन हुने सम्भावना स्रोतको दावि छ । तर राजपा सरकारमा आउने सक्ने सम्भावना भने कम देखिन्छ ।

Leave A Reply

Your email address will not be published.