एमसीसी नेपालका लागी `गुलियो बिष´ सरह: विप्लव नेकपा

0

काठमाण्डौं – पछिल्ला केही दिन यता नेपालमा सबैभन्दा बढी चर्चामा रहेको बिषय हो `मिलेनियम च्यालेन्ज कर्पोरेसन´ (एमसीसी) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी भित्र अहिले पनि यसको बिषयलाई लिएर पक्ष र विपक्षमा बहस जारी छ ।

एमसीसीकै बिषयलाई लिएर सरकार द्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले पनि एमसीसी नेपालका लागि `गुलियो बीष´ सरह भएको टिप्पणी गरेको छ ।

नेपाल सरकार र एमसीसी बिच भएको सम्झौता र उक्त सम्झौतालाई संसदबाट पारित गराउने केपी ओली नेतृत्वको सरकारको तयारीप्रती नेकपा विप्लव समुहले गम्भीर आपत्ति जनाएको छ ।

पार्टीका प्रवक्ता प्रकाण्डले एक प्रेस वक्तव्य जारी गर्दै साम्राज्यवादी शक्तिले दक्षिण एसिया र नेपाललाई प्रयोग गर्ने दुष्ट, कुत्सित नियतले अमेरिकाले नेपाललाई मोटो रकम `गुलियो बीष´ मार्फत फसाउन एमसीसी सम्झौतामा फसाउने षड्यन्त्र गरिएको उल्लेख गरिएको छ ।
साथै विज्ञप्तीमा सम्झौताका विरुद्धमा संघर्ष अघि बढाउन समेत सबै राजनैतिक पार्टी, लोकतान्त्रिक शक्तिहरु, बुद्धिजीवी, नागरिक समाज, देशभक्त र क्रान्तिकारी शक्तिहरुसँग अपिल समेत गरेको छ ।

हेर्नुहोस विज्ञप्ती:

Leave A Reply

Your email address will not be published.