वैकल्पिक राजनीतिका ठेगेदार ठान्नेहरु भ्रष्टाचार बारे किन मौन !

0

काठमाण्डौं – नेपालमा अहिले दुईतिहाई नेतृत्वको सरकार मात्रै होइन, इतिहासकै सबैभन्दा धेरै भ्रष्टाचार सम्बन्धि प्रकरणहरु सार्वजनिक भै रहेका छन् । हामीलाई भ्रष्टाचारसँग सम्बन्धित कुरामा प्रधानमन्त्रीको नाम मुछिनु समेत नौलो र अचम्म लाग्न छाडेको छ । आम नागरिकले सामाजिक संजाल र चिया चौतारीमा आफ्नो आक्रोश बाहेक केही गर्न सक्ने अवस्था पनि देखिंदैन ।

तर यसमा अचम्मलाग्दो तथ्य के पनि हो भने सरकारले गरेका गलत कामको भण्डाफोर गर्ने दायित्व भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने आफुले वा आफ्ना नेता रकार्यकर्ताले बिगतमा आफू सरकारमा हुँदा वा प्रतिपक्षी भै सकेपछि पनि गरेको भ्रष्टाचारका कुराहरु सार्वजनिक होलान् वा अहिलेको कम्युनिस्ट सरकारले गरेका भ्रष्टाचारका कुरा खोतल्न थाल्ने हो भने आफुहरुका निकै पुराना फाइलहरु सत्तापक्षले खोल्न सक्ने भयले पनि केही बोल्न नसकेको कुरा त छँदै छ, भ्रष्टाचारको मामलामा केको प्रतिपक्षी के को सत्तपक्ष मिलेसम्म कुम्ल्याउने नै हो ।

एउटा भनाइ छ ‘प्रतिपक्षी भनेको आउनेवाला सरकार हो’ संसदीय राजनीतिमा नेपालको इतिहासमा सिंहदरबार दाहिना हुनेहरुले के- के गरे भन्ने छुट्टै इतिहास निर्माण हुनसक्छ । अनि प्रतिपक्षीले भ्रष्टाचारको यसकारण पनि बोल्न मिल्दैन कि अहिलेको प्रतिपक्षी सत्तापक्ष हुँदा अहिलेको सत्तापक्ष प्रतिपक्षीमा हुने सम्भावना सबैभन्दा बढी हुन्छ । अनि किन अरुको आज विरोध गरेर भोलि आफ्नो पनि विरोध भै हाल्ने परिस्थिति खडा गर्ने । फेरि हाम्रो देशको प्रतिपक्षी दल त शालिन र भद्र जो छ ।

अर्कोतिर जसले आफुलाई वैकल्पिक शक्तिको दावी गरिरहेका हुन्छन् उनिहरुको हवीगत पनि सत्तासीन र प्रमुख प्रतिपक्षीको भन्दा खासै गतिलो हवीगत नभएको मात्रै होइन कांग्रेस र कम्युनिस्टको विकल्पमा तेस्रो धारको निर्माण गर्ने सपनामा रहेका पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टिका ‘डिजुरे’ अध्यक्ष डा. बाबुराम भट्टराईले स्वघोषित मुकुन्दल्याण्डका हर्ताकर्ता मुकुन्द घिमिरे शैलीमा सामाजिक संजालमा भ्रष्टाचार विरुद्धमा एउटा स्टाटस राख्नु बाहेक कुनै ठूलो काम गरेका छैनन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमा अमेरिकी राष्ट्रपतिको उदाहरण समेत जोड्न भ्याएका पूर्वप्रधानमन्त्री भट्टराईले सरकारको मुख्य नेतृत्वकर्ता दलले गरेको नेपाल ट्रष्टको सम्पत्ति आफ्ना आसेपासेलाई सुम्पेको कुराको घोर विरोध जनाएका भट्टराईले आफ्नै पार्टीका ‘डिजुरे’ अध्यक्ष उपेन्द्र यादव पनि त्यो भ्रष्टाचार काण्डमा साक्षी छन् भन्नेकुरा जबर्जस्ती भुल्न खोजेका छन् । ‘भ्रष्टाचार गर्दा र देशलाई कंगाल पार्दा हामी किन ‘चुप’ भनेर प्रश्न उठाउने भट्टराईले त्यो भ्रष्टाचार गर्ने निर्णय गर्ने मन्त्रीपरिषदमा आफ्ना अध्यक्ष यादव सामेल भएको कुरालाई भुलेका हुन वा आफ्नी श्रीमतीलाई राष्ट्रियसभा सदस्य बनाउने स्वार्थमा भुलेको नाटक गरेका हुन त्यो बुझ्न् कसैलाई कुनै कठिनाइ पर्दैन ।

सस्तो सामाजिक लोकप्रियताको लागि मुकुन्दे शैलीमा फेसबुकमा पोष्ट मात्रै गरेर बस्न कुन नैतिकताले दिन्छ । प्रधानमन्त्रीले यती होल्डिङ ग्रुपलाई रानिनिकुञ्जको नामले चिनेने गोकर्ण फरेष्टको लिज नविकरण गर्ने निर्णयमा उपेन्द्र यादव सहभागी थिएनन् ? आफ्नो सम्भावीत कानुनी कार्वाहीबाट बच्न सत्तामा टास्सीरहेका यादवलाई यो प्रश्न सोध्न सक्छन् वा श्रीमतीलाई माननिय बनाउने उनको अभिष्टले यो प्रश्न सोध्ने आधार समाप्त पारिदिएको हो ।

अर्कोतिर आफ्नै नेतृत्वमा रहेको प्रदेश २ सरकारले गरेको अनियममितता र भ्रष्टाचारको कच्चा चिठ्ठा खुलेको दिन समाजवादीको हैसियत कस्तो हुन्छ त्यो त आगामी दिनले नै प्रष्ट पार्ला, स्थानीय तहमा गरेको भ्रष्टाचारको बिषयमा पछि नै प्रवेश गरौंला । मधेस आन्दोलनको नाममा गरिएको आन्दोलनमा ज्यान आहुती दिएका सहिदहरुलाई दिईएको भैंसी त प्रदेश सरकारमै सहभागी राज्यमन्त्रीले घिसार्दै गरेको दृश्य सामाजिक संजालमै छरपस्ट भएकै कुरा हो । यसको जवाफ कस्ले दिन्छ रु त्यतापट्टी स्वघोषित वैकल्पिक शक्तीका ठेगेदारको ध्यान कहिले जान्छ, जहाँ राजपा र समाजवादीको मिलिभगत भ्रष्टाचारको चिट्ठा समेत खुल्नै बाँकी छ ।

उपनिर्वाचनको समयमा कास्की ( २ मा डमी वाइडबडी भजाएर पनि जनताले मत दिएनन् भनेर सोझा नेपाली जनतालाई देखाउनको लागि मात्रै भट्टराईले यो हर्कत गरेका हुन् । भ्रष्टाचारको आहालमा डुबेको सत्ताको सहयात्रीले आफैं सहभागी सरकारको नेतृत्वकर्तालाई बाहिर प्रश्न सोध्ने अनि भित्र भ्रष्टाचारकै काममा सामेल हुने यो कस्तो चरीत्र हो । यहि हवीगत हो कम्युनिस्ट र कांग्रेसको विरुद्धमा सम्भावीत तेस्रो धारको नेतृत्व गर्ने दावी गरिरहेका नेताको नैतिक धरातल ? अनि किन नेपाली जनताले तपाई र तपाईको दललाई समर्थन गर्ने पूर्वप्रधानमन्त्री भट्टराई ज्यु ? आम नागरिकको प्रश्न हो तपाईलाई ।

पुरानो डिस्कोर्सबाट नेपालको राजनीति अगाडि नबढ्ने ठोकुवाका साथ आफ्नो पत्रकारीतालाई बिट मारेर नेपाली राजनीतिमा आफ्नो ठूलो स्पेस देखेर राजनीतिमा होमीएका साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको अवस्था पनि मुकुन्देको भन्दा गतीलो देखिएन । ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ ! कहिले कम्युनिस्टको पालो त कहिले कांग्रेसको पालो, प्रतिपक्षमा जो भएपनी त्यो निरीह बन्छ, किनभने लहरो तान्दा पहरो गर्जिन्छ र आफैं फसिन्छ’ भन्ने सन्देश सामाजिक संजालमा राख्न भ्याएका मिश्रले अर्को पंक्तिमा थप लेखेका छन् ।

‘लोकतन्त्रमा डर जनताको हुनुपर्ने हो तर अन्ततोगत्वा जनताले भोट दिइहाल्छ्न, बाँकी सस्थाहरु आफ्नै पकडमा छदैंछन । भनेपछि कसैसँग डराउनु पर्ने कारण नै रहेन ।’ भन्दै भ्रष्टाचारको बिरोध जनाएका उनले भ्रष्टाचारको बिरोध र जनताप्रतिको आफ्नो आको्रश एकसाथ पोख्न भ्याए पनि नेपाली समाजको चरीत्र आफुले जति अरु कसैले नबुझ्ने दावी गर्ने उनले आफ्नै अज्ञानताको सार्वजनिक प्रदर्शन मात्रै गरेका छैनन् ।

साझा विवेकशील पार्टीको गठन र विघटनमा भएको भनिएको आर्थिक अपचलनको सम्बन्धमा एक शब्द समेत बोल्न नसक्नेले अरुतिर कसरी औंला ठड्याउन सक्छन् । अरुको व्यबहारका खोट देखाउन तम्सीनेले आफुमाथी लागेको आरोपको चित्तबुझ्दो जवाफ दिनुपर्छ कि पर्दैन ?

केही समय अगाडिसम्म हरेक सानाठुला राजनैतिक या सामाजिक मुद्दाको बिरोध गर्न माइतीघर र बानेश्वर दौडने मिश्रले देशकै क्यान्सर बन्दै गएको भ्रष्टाचारको बिरोधमा माइतीघर वा बानेश्वरमा गएर सार्वजनिक बिरोध समेत गर्न नसक्ने उनलाई नेपाली जनताले निर्वाचनमा उपहार स्वरुप ञजमानत जफत’ नगर्दीएर के आधारमा बिजयको माला पहिर्‍याउने ? यो प्रश्नको चित्तबुझ्दो जवाफ नदिएसम्म मिश्रको वैकल्पिक राजनीति केवल ञकेपी ओलीको चुनावी भाषण जस्तो मात्रै बन्न जान्छ, सुन्नमा रमाइलो लाग्ने तर व्यबहारमा त चर्चित र विवादित र्‍यापर ‘भिटेन’ को प्रतिवन्धित गित ञहामी यस्तै त हो नि ब्रोझ भनेजस्तै मात्रै हो ।

साझामा आफ्नो भाग नपुगेर विवेकशील पार्टी गठन गर्न भ्याएका उज्ज्वल थापा पनि अहिले उठिरहेको भ्रष्टाचारको बिषयमा चुँ सम्म बोलेको सुनिएको छैन ।
उनको समुहको ञपब्लिक फिगरझ बनेकी तत्कालीन स्थानीय तहको चुनावमा काठमाण्डौं महानगरकी उपमेयरकि चर्चित उम्मेदवार रन्जु दर्शनालाई सेलरोटी बेच्दा बेच्दै देशको बारेमा सोच्ने फुर्सद हुने कुरै भएन ।

सधैं शास्त्रीय कम्युनिस्टको परिभाषामै रमाउनुका साथै व्यबहारमा पनि खोट लगाउने कुनै ठाउँ समेत नरहेका मोहन वैद्यको वरिपरि रहेको स्वार्थ समुहलाई हेर्ने हो भने अब आशा गर्न सक्ने ठाउँ निकै कम छ । ‘वैद्य बा को डिएनए टेस्ट नै गर्ने हो भने पनि भ्रष्टाचारको कुनै गन्ध आउँदैन्’ क्रान्तिकारी माओवादीकि एक युवा नेतृको भनाई हो यो । उनले भनेजस्तै वैद्यको चरीत्रमा खोट लगाउने ठाउँ नरहे पनि अहिलेको अवस्थामा उनको नेतृत्वमा देशले भ्रष्टाचार बाट मुक्ति पाउने सम्भावना देखिंदैन ।

अर्कोतिर रसिक र उखान टुक्का सहित भाषण गर्न माहिर राष्ट्रियजनमोर्चाका चित्र बहादुर केसी सँग त संघीयताले भ्रष्टाचार बनाएको रेडिमेड जवाफ छदैछ तसर्थ आफुलाई वैकल्पिक राजनीतिका ठेगेदार दावी गर्नेहरुले चरीत्र र कार्यशैली नबदलेसम्म भ्रष्टाचार मुक्त समाज (देश) को कल्पना प्रधानमन्त्री ओलीको चुनाव भाषण भन्दा अन्य केही पनि होइन भन्दा अन्यथा हुँदैन ।

Leave A Reply

Your email address will not be published.