भूमि फिर्ता गर्न सरकार किन चुप बसेको छ ? : कांग्रेस

0

काठमाण्डौं – भारतबाट अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन सरकारले गरिरहेको प्रगतिको बारेमा सदनलाई जानकारी गराउन नेपाली कांग्रेसले माग गरेको छ । सोमबार राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले सीमा अतिक्रमणविरुद्ध सिंगै नेपाल एक भएको अवस्था सरकार किन चुप लागेको ? भदै प्रश्न गरेका थिए ।

सर्वदलीय बैठकमा सबै राजनीतिक दलले भारतसँग राजनीतिक स्तरमा वार्ता गर्न सरकारको जिम्मेवारी भएको भन्दै प्रधानमन्त्रीलाई अधिकार दिएपनि कुनै काम नगरेको भन्दै आपत्ति जनाए । सरकारले नेपाली भूमी रक्षाको लागि कुनै काम नगरेको उनको आरोप थियो ।
‘नाकाबन्दी भएको बेला तत्कालीन प्रधानमन्त्रीको हैसियतले वर्तमान प्रधानमन्त्रीले जे कुरा राख्नु भएको थियो, त्यसको नेपालीहरुले प्रशंसा गरेका थिए,’ सांसद पाण्डेले भने, ‘त्यो बेलाभन्दा संवेदशनशील अवस्था अहिले छ । त्यसबेला आगो ओकल्न तत्पर हुने प्रधानमन्त्री अहिले मौनता किन साँधिरहनु भएको छ ? किन राजनीतिक तहमा वार्ता गर्ने कोसिस गरिँदैन ?’

‘प्रधानमन्त्रीले के गरिहरनु भएको छ, परराष्ट्र मन्त्रालयले के गरिरहेको छ ? सरकार अन्य निकायले के गरिरहेका छन् । सदनमै आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’ कांग्रेस सांसद पाण्डेको माग थियो ।

Leave A Reply

Your email address will not be published.