ओली प्रचण्ड बिच बालुवाटारमा छलफल, एमसीसी बारे सहमति हुन सकेन

0

काठमाण्डौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समसामयिक राजनैतिक बिषयबस्तुमा छलफल भएको छ ।

आज (सोमबार) बिहान प्रधानमन्त्री निवासमा पुगेका पार्टीका कार्यकारी अध्यक्ष दाहाल र प्रधानमन्त्री ओली बिच खासगरी निकै विवादित बन्दै गएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल भएपनी कुनै निष्कर्षमा भने पुग्न नसकेको बालुवाटार स्रोतले जनाएको छ ।

एमसीसीको अनुमोदनको विपक्षमा रहेका भनिएका कार्यकारी अध्यक्ष दाहाल र जसरी पनि पास गराउनै पर्ने अडानमा रहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली बिचमा कुनै निष्कर्ष भने निकाल्न सकेन ।

संसदको हिउँदे अधिवेशन शुरु भएसँगै रिक्त रहेको सभामुख चयन गर्नुपर्ने भएकाले पनि सभामुखको बिषयतिर केन्द्रित हुँदा एमसीसी बारे पर्याप्त छलफल हुन सकेन । बालुवाटार स्रोतले भन्यो ।

दुई घण्टा सम्म चलेको छलफलमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजिनामा गराएर आफ्नै पार्टीबाट सभामुख चयन गर्ने नेकपाको तैयारी छ । प्रचण्डले सभामुखमा अग्नि सापकोटालाई अगाडि बढाउने प्रयास गरेपनी अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीको चाहाना बमोजिम सभामुखमा नेम्वाङले बाजि मारेको खबर यसअघि नै सार्वजनिक भै सकेको छ ।

सभामुख चयन भएपछि दुई अध्यक्ष बिच थप छलफल गरेर मात्रै एमसीसी बारे सचिवालयमा लैजाने दुबै अध्यक्षको तयारी छ । एमसीसी संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार समक्ष बारम्बार माग गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.