नुवाकोटमा मिनीट्रक दुर्घटना दुईको मृत्यु, पाँच घाइते

0

काठमाण्डौं – नुवाकोटमा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते छन् । जिल्लाको विदुर नगरपालिका–६, मूलथलामा बा२क ७९१० नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरूको पहिचान हुन बाँकी छ । घाइतेलाई त्रिशूली अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । घटनास्थलमा सशस्त्र प्रहरी बलको नम्बर १९ गुल्मका प्रहरी निरीक्षकको टोलीसहित नेपाल प्रहरी पनि खटिएको छ ।

Leave A Reply

Your email address will not be published.