ओबामाले भने, ‘दुई वर्ष महिलालाई संसार चलाउन दिऊँ’

0

एजेन्सी – अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले महिलाहरू सक्षममात्रै नभई पुरुषको तुलनामा ‘अझ राम्रो’ रहेको बताएका छन् ।

केहि दिन अघि सिंगापुर पुगेका ओबामाले भने, ’संसारका सबै देशहरू महिलाले चलाउने हो भने निस्सन्देह मान्छेको जीवनस्तर र अन्य नतिजामा सुधार आउने थियो ।’ उनको विचारमा संसारका अधिकांश समस्या बुढाहरूका कारण पैदा भएको हो ।

‘खासगरी ती बुढा मान्छे, जो शक्तिमा छन्, उनले भने । ‘म राष्ट्रपति छँदा, महिलाले संसार चलाए कस्तो हुँदो हो भनेर सोच्ने गर्दथेँ ।
नेतृत्व विकाससम्बन्धी कार्यक्रमका वक्ताका रुपमा ओबामाले भने, ’म विश्वासका साथ भन्न सक्छु । हामी पुरुषभन्दा महिला ज्यादा सक्षम छन् ।

दुई वर्षका लागि संसारका सारा देश महिलाको हातमा सुम्पिऊँ । म दावाका साथ भन्न सक्छु ।

हरेक क्षेत्रमा सुधार आउनेछ ।’ पुनः राजनीतिमा फर्किने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले सक्षम नेताले समय आएपछि पाखा लाग्न सक्नुपर्ने धारणा राखे ।

‘नेतृत्वले आफू निश्चित कार्यका लागि शक्तिमा आएको कुरा स्यमंलाई सम्झाइ रहनुपर्छ। जीवनभरि टाँस्सिइ रहन, मनपरी गर्न वा आफूलाई केन्द्रमा राखिराख्न यो ठाउँमा आएको होइन भन्ने बुझ्नुपर्छ’, उनले भने ।

ओबामाले सन् २००९ देखि २०१७ सम्म राष्ट्रपतिको रुपमा काम गरे। ह्वाइट हाउस छाडेलगत्तै ओबामाले श्रीमती मिचेलसँगको सहकार्यमा ओबामा फाउण्डेसन नामक संस्था खोलेका छन् ।

उक्त संस्थाले युवा नेतृत्वलाई प्रोत्साहित गर्ने किसिमका अन्तर्रा्ष्ट्रिय कार्यक्रम चलाउँछ । त्यसै सिलसिलामा ओबामा दम्पत्ति सिंगापुर पुगेका हुन् ।

ओवामा कम्युनिष्ट होइनन् । एक प्रजातान्त्रिक नेता हुन् । ओवामाको दिनचर्या विश्व राजनीतिमा निकै लोभलाग्दो छ ।

उनको सादगी जिवन र सदाचार शैलीले विश्व राजनीति मञ्चलाई पनि झुकाइदिएको छ । नेपालका नेताहरु झन खासगरि, नेपाली कम्युनिष्ट नेताहरु एक जनाले पनि ओवामाको कुनै एक लक्षण देखाउन अहिलेसम्म सकेका छैनन् ।

Leave A Reply

Your email address will not be published.