सत्तारुढ नेकपाको स्थायी कमिटीको आजको बैठक शुरु

0

काठमाण्डौं – सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको कमिटी सदस्य देव गुरुङले जानकारी दिए ।

आजको बैठक चौथो हो । बैठकमा सदस्यहरुले अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीले संयुक्त रुपमा प्रस्तुत राजीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत संगठन विधान संशोधन प्रस्तावमाथि धारणा राख्ने कार्यक्रम छ ।

हिजोसम्मको बैठकमा दुई दर्जनभन्दा बढी सदस्यले धारणा राखिसकेका छन् । बैठक मंसिर २९ बाट शुरु भएको हो ।

Leave A Reply

Your email address will not be published.