आफुलाई सिमा विवाद `विशेषदुत´ नियुक्त गरिएको कुरा हल्ला मात्रै: नेता नेपाल

0

काठमाण्डौं – पुर्व प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सचीवालय सदस्य माधवकुमार नेपालले भारतद्वारा अतिक्रमित नेपाली भु-भाग फिर्ता सम्बन्धमा सरकारले आफुलाई सीमा विवाद `विशेषदुत´ नियुक्त गरिएको कुरा केवल हल्ला मात्रै भएको बताएका छन् ।

बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुराकानिको क्रममा नेता नेपालले अहिलेसम्म आफुलाई त्यस्तो कुनै जिम्मेवारी नदिईएको स्पष्ट पार्दै सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्दै अन्तर्राष्ट्रिय अदालत सम्म पुर्‍याउने कुराले दुई देशबिच विवादको सिर्जना मात्र हुने दावी गर्दै सीमा समस्यालाई वार्ताबाटै समाधान गर्नुपर्ने उल्लेख गर्दै कालापानी र लिपुलेकका सम्बन्धमा सत्य र प्रमाण सहितको प्रतिवेदन भारत सरकारलाई बुझाई सकिएको जानकारी दिंदै सरकारीस्तरबाटै वार्ता भई समस्याको समाधान हुने उनको दावी थियो ।


नेपाल लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेत समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि नागरिक तहबाटै सीमा अतिक्रमको समस्या हल गर्न सरकार माथि दवाव परेपनी सरकारले भारतसँग `कुटनैतिक पहल´ गरिरहेको रटान लगाउनु बाहेक कुनै ठोस पहल गर्न नसकेको सीमावीदहरुको धारणा छ ।


कुराकानिकै क्रममा नेता नेपालले विगतमा जितेका ठाउँमा समेत पार्टीका उम्मेदवारहरु पराजित हुनुको कारण स्थानीय निकायको कामकारबाही, उम्मेदवारको चयन लगायतका कारण मात्रै रहेको जिकिर गरे ।


जनताको गुनासो सुन्ने, पारदर्शीता अपनाउने, पार्टी सुदृढीकरण गर्नुपर्ने, सुशासन कायम गर्ने जस्ता सुझाव जनताले उपनिर्वाचन दिएको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.