२ जना सर्वसाधारण सहित ३८ जना सवार चिलीको सैन्य विमान बेपत्ता

0

एजेन्सी – दक्षिण अमेरिकी देश चिलेको एक सैन्य विमान बेपत्ता भएको छ । अन्टारकटिकाका लागि उडेको चिलीको हवाई सुरक्षा बलको विमान बेपत्ता भएको हो ।

सो विमानमा चालक दलका सदस्यसहित ३८ जना सवार छन् । विमानमा रहेकामा १७ जना चालक दलका सदस्य र २१ जना यात्रु रहेको चिलेको हवाई सैनिकले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

विमान नेपाली समय अनुसार मंगलबार बिहान १ बजेर ४० मिनेट जाँदा पुन्ता एरिनासबाट उडेको थियो । विमानसँगको सम्पर्क नेपाली समय अनुसार मंगलबार बिहान पौने ३ बजेपछि टुटेको हो ।

विमान बन्दोबस्तीका समाग्री पुर्‍याउनका लागि अन्टारकटिका जाँदै थियो । चिलेको हवाई सैनिकले बेपत्ता विमान तथा यात्रुको खोजी र उद्धारको प्रयास जारी छ ।

विमानमा रहेका मध्ये तीनजना सर्वसाधारण रहेको समाचार संस्था इएफइले उल्लेख गरेको छ । किङ्ग जर्ज आइल्याण्डमा पुग्दासम्म विमानसँग सम्पर्क रहेको र त्यसपछि विमान बेपत्ता भएको सरकारी अधिकारीले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.