भिम जोशी (रोशन) को अध्यक्षतामा सर्ब सम्मत नेत्रित्व चयन गर्दै पर्बत समाज बेल्जियमको चौथो अधिबेशन सम्पन्न

0

कृष्ण तिवारी, बेल्जियम, ८ डिसेम्बर

पर्वत समाज बेल्जियमको चौथो अधिवेशन बेल्जियमका लागी नेपाली राजदुत महामहिम लोक बहादुर थापा ज्युको प्रमुख आतित्थ्यतामा ”सम्ब्रिद्ध पर्वत निर्माणमा हाम्रो सामुहिक अभियान” भन्ने नारा सहित् सम्पन्न भएको छ । अधिबेशनले सर्बसम्मत रुपमा आगामी कार्यकालका लागि अध्यक्षमा भिम जोशी, वरिष्ठ उपाध्यक्ष रुद्र लम्साल, उपाध्यक्ष दुर्गा तिवारी ,दिपक पोखरेल, महासचिव युगमाया पुन, सचिव सुभाष भट्ट , कोषाध्यक्ष सीता केसी र सदस्यहरुमा कृष्ण क्षेत्री,भरत क्षेत्री,कमला गुरुङ ,दिपक न्यौपाने,बिराट जोशी ,केश बहादुर गुरुङ रहेको १३ सदस्यीय नया कार्यसमिति निर्माण गरेको छ ।

अधिबेशन समापन पछि चर्चित लोक गायक कृष्ण गुरुङको लोकगित र दोहोरी सहितको सास्कृतिक कार्यक्रम पनि भएको थियो ।

अधिबेशनमा शुभकामना दिदै प्रमुख अतिथी महामहिम राजदुत थापाले नेपाली दुताबास पर्बत् समाजले गर्ने परोपकारी कार्यको सफलता का लागि अबिभाबकीय भूमिका निर्बाह गर्न र बेल्जियमको नेपाली समुदायका लागि गरिने काममा पर्बत् समाजको सकृयाता रहनेमा बिश्वस्त् रहेको बताउनु भयो । जिल्लामा समाजले गर्ने आर्थिक सहयोगलाई बढाउन युरोपका गैर नाफामूलक संस्थाहरु सँग समन्वय गर्न पनि उहाले सुझाब दिनु भएको थियो ।

पर्बत समाज बेल्जियमको चौथो अधिबेशनको सफलताको लागि कार्यक्रमका बिशिस्ट अतिथी तथा एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुवेदी , एनअारएनए केन्द्रिय सहकोषाध्यक्ष लोक दहाल , एनअारएनए आइसिसि सदस्य सुभाष जोशी , अन्तर्राष्ट्रिय पर्वत समाजका सचिव प्रकाश पौडेल र अतिथिहरु पर्वत समाज नेदरल्यान्डका अध्यक्ष नर बहादुर रोक्का, पर्वत समाजका सस्थापक अध्यक्ष तथा नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष मेख गुरुङ , नेपाली जनसम्पर्क समितिका सभापती सीता सापकोटा ,नेपाली जनप्रगतिशील मंचका अध्यक्ष जित बहादुर लामा, नेपाली व्यवसायी सघ बेल्जियमका अध्यक्ष यमु निरौला, साग्रीला समाजका अध्यक्ष तथा एनअारएनए बेल्जियम का उपाध्यक्ष खड्क के सी., पर्वत समाज बेल्जियमका सल्लाहकार कृष्ण तिवारी ,स्याङ्जा समाजका अध्यक्ष पर्सुराम रेग्मी , नेपालबाट आउनु भएका सामाजिक अभियान्ता गगाधर पौडेल, कास्की समाज बेल्जियम तथा एन अार एन ए बेल्जियमका महासचिब तिर्थ धमला लगायतले शुभकामना दिनु भएको थियो भने नेपाली मिलन केन्द्र युरोपका अध्यक्ष तथा एनअारएनए सचिव दीपक न्यौपाने , तमु समाज बेल्जियम कि अध्यक्ष दुर्गा गुरुङ , तमु धि बेल्जियम का अध्यक्ष नवीन गुरुङ , कलाकार सघका महासचिव जिमि गुरुङ ,नवलपरासी समाजका विजय मल्ल, हामी नेपालीका किशन के सी , पासापुच बेल्जियम कि मुना ताम्रकार , युरो नेपाल खेलकुद सघका अध्यक्ष ज्ञानु थापा , नेपालबाट आउनु भएका लोक गायक कृष्ण गुरुङ , सल्लाहकार पारस गौतम , तुलसी नाथ सुवेदी, भुतपुर्व अध्यक्ष केदार जोशी , अन्तर्राष्ट्रिय पर्वत समाजका सहकाेषाध्यक्ष किरण पुन ,युरोप सयोजक दर्शन गुरुङ , पत्रकार ओम शर्मा लगायत विभिन्न सघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बिशेष उपस्थिति थियो ।

समाजका निवर्तमान अध्यक्ष झलक के सि को कार्यसमितिले गरेका गतिबिधिको उच्च मुल्यांकन गर्दै सस्थाको अक्षयकोष स्थापना लगायत जिल्लामा मानवीय, शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने अभियानलाइ अझ ससक्त रुपमा गर्ने गरि तथा दिर्घकालिन परियोजना सन्चालन गर्ने गरि समाजका सल्लाहकारहरु तथा सामाजिक अभियान्ता खडक केसी अध्यक्ष र वालेन्द्र गुरुङ सदस्य सचिव रहेको लगानी तथा परियोजना समिती लगायत अन्य समितिको संस्थागत व्यवस्थापन गरिएका छ् ।

अधिबेशन उद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरुलाइ स्वागत मन्तव्य निशा गुरुङले गर्नु भएको सो कार्यक्रम सचालन महासचिव दिपक पोखरेल गर्नु भएको थियो भने समाजका अध्यक्ष झलक केसीको सभापतित्वमा कार्यक्रम भएको थियो । अधिबेशनको बन्दशत्रले आर्थिक , प्रगती प्रतिबेदन र भाबी कार्यदिशा तय गर्दै सर्व सम्मती बाट निर्विरोध कार्य समिति निर्वाचित गरेको थियो ।

Leave A Reply

Your email address will not be published.