सत्तारुढ नेकपाको सचिवालय बैठकका निर्णयहरु

0

काठमाण्डौं – सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठक सोमबार बसेको छ । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णयहरु लिएको बैठकपछि पत्रकारहरुलाई पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकले पार्टी विधान संशोधन प्रस्ताव तयार पार्न संगठन विभागलाई निर्देशन दिने, कर्णाली प्रदेश कमिटीका सचिव मायाप्रसादले दिएको राजीनामा अस्वीर गर्दै यथास्थानमा रहेर काम गर्न दिर्नेशन दिने निर्णय लिएको छ ।

यस्तै यसअघि उपचुनावको समीक्षात्मक प्रतिवेदन केन्द्रमा पठाउने म्याद मंसिर २२ गतेसम्मलाई तोकेकोमा त्यसलाई पाँच दिन थप गर्ने, जिल्लाहरुमा देखिएका संगठनात्मक समस्यालाई हल गर्न केन्द्रीय संगठन विभागलाई जिम्मा दिने, केन्द्रीय सल्लाहकार तथा पूर्णता दिन बाँकी विभागहरुलाई पूरा विभागमा रहेका प्रमुख र उपप्रमुखलाई महासचिवमार्फत प्रस्ताव पेश गर्ने र पार्टी स्थायी कमिटीको बैठक यही मंसिर २० गते बिहान ११ बजे बस्ने निर्णय आजको सचिवालयको बैठकले गरेको प्रवक्ता श्रेष्ठ बताए ।

बैठकमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् । नौ सदस्यीय सचिवालय सदस्यहरुमा अध्यक्षद्वय प्रचण्ड, ओली, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, नेता वामदेव गौतम, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेल छन् ।

Leave A Reply

Your email address will not be published.