‘स्कूले बालबालिकामाथि सरकारले के मान्यतामा गोली चलायो ?’

0

काठमाण्डौं – आइतबार बाँकेको कोहलपुरमा प्रहरीले गोली हानेको घटनाको विरोध चौतर्फी रुपमा बढ्दैछ । गोली खाने पक्ष विद्यालयका बालबालिका, त्यसमा पनि घाइते सहपाठीको न्यायको लागि निस्किएकाहरु भएबाट घटनाले थप मानव संवेदना छुन पुगेको छ । राजनीतिक दल, विद्यार्थी संगठन, नागरिक समाज, सामाजिक अभियन्ता, अधिकारकर्मी लगायतले गोली प्रहार घटनालाई मानवअधिकारको गम्भीर उल्लंघनको रुपमा लिँदै विरोध गरिरहेका छन् ।

यसैबीच सामाजिक अभियन्ता सिद्धार्थ अधिकारीले बाँकेको कोहलपुरमा न्यायको लागि विद्यालयका छात्रछात्राले गरेको न्यायिक प्रदर्शनमा प्रहरीले अत्याधिक मात्रामा बल प्रयोग र गोली हान्ने सरकारको हर्कतकाे भत्सर्ना गरेका छन् । राज्य पक्षबाट भएको फासिष्ट दमनले कोहलुर क्षेत्रका शैक्षिक संस्थाहरु नै प्रभावित भएको भन्दै आपत्ति जनाए ।

अनलाइनपना डटकमसँगको कुराकानीमा अभियन्ता अधिकारीले शान्ति सुरक्षा कायम गर्ने र नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व बोकेको प्रहरी प्रशासनले सा–साना निशस्त्र बालबालिकालाई शान्तिपूर्ण रुपमा आन्दोलनमा उत्रिएका बेला ताकेर गोली हान्नु कसैगरी न्यायोचित नभएको बताए । कुनैपनि कोणबाट स्कूले बालबालिकामाथि प्रहरीले गोली चलाउन नमिल्ने उनको तर्क छ ।

‘प्रहरीले कुन फिलोसफीका आधारमा स्कूले बालबालिकामाथि प्रहरीले गोली चलायो ?’ अभियन्ता अधिकारीले प्रश्न गरे, ‘घाइते साथीको उपचार र न्याय पाउन अनि दोषी ट्रक चालकलाई कारवाहीको माग गर्नु के सरकारका लागि असहय् भएको हो ?’ सरकारको कार्यशैली र ढंगले मानवअधिकार भडखलोमा पर्ने निश्चित देखिएको उनले बताए । जस्तोसुकै परिस्थितिमा प्रदर्शनकारी भन्दा राज्य पक्षले विवेक गुमाउन नुहने बताउँदै कोहलपुर घटनामा प्रहरीप्रशासनले विवेक देखाउन चुकेको बताए ।

कम्युनिष्ट नामधारी सरकार जनताको नरहेको पुष्टि भएको भन्दै उनले भारतीय विस्तारको इसारामा नेपालमा मानवधिकार उल्लंघनका भयवह घटना गराएर मुलुकलाई असफल तुल्याउने तत्व सक्रिय भइरहेको भन्दै सचेतता अपनाउनुुपर्ने बताए । शासन र नागरिक तहमै भीडाएर र दण्डहीनता बढाएर नेपाललाई असफल बनाउन खेल पहिल्यैदेखि भइरहेको र त्यो क्रम कम्युनिष्ट नामको सरकारको योपाली बढी नै मच्चाइरहेको उनले बताए । मानवअधिकार उल्लंघनका घटना व्यापक मच्चाएर शासक र नागरिकबीच लडाई मच्चाउन चाहेका विदेशी तत्वहरु नेपाल सक्रिय रहेको उनको निस्कर्ष छ ।

गत असार ५ मा सर्लाहीमा कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिई निर्मत यातना दिई मारेको घटनायता मानवधिकार उल्लंघनका घटनामा बढोत्तरी भइरहेको उनको अनुभूति छ । दण्डहीनता र मानवअधिकार उल्लंघनका घटना सफल राष्ट्रका उपज रहेको उनले बताए । यस्तो बेला शासकले नागरिकलाई अन्याय र अधिकारको विरोधमा बोल्न रोक्न लगाइनाले देशमा शान्ति भड्किने खतरा रहने उनको विचार छ ।


कोहलपुरमा बालबालिकामाथि गोली हान्ने र हान्न आदेश दिने अधिकारीलाई तत्काल निलम्बन गरी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनको दायरामा नल्याए अपराधीको मनोबल बढेर भविष्यमा भयानक दुर्घटना निम्तिने खतरा घाँटीमै रहने अभियन्ता अधिकारीले बताए । दोषीलाई पत्ता लगाई तुरुन्त कारवाहीको घेरा ल्याएर समाजमा नागरिकको जीउधन सुरक्षाको ग्यारेन्टी गराउन सरकारसँग माग पनि उनले गरे ।


कोहलपुरमा हिजो आइतबार बिहान नौ बजेतिर स्थानीय त्रिभसवन उमाविमा अध्ययनरत कक्षा ७ की प्रगति चन्दलाई कोहलपुरबाट नेपालगञ्जतर्फ आइरहेको ना २ ख ९४५९ नं. को ट्रकले किच्दा दुवै खुट्टा क्षतविक्षत भएका थिए । सोको विरोधमा विद्यालयका विद्यार्थीहरु ट्रक चालकलाई कारवाही गर्न माग गर्दै सडकमा उत्रिएको बेला प्रहरीले बल प्रयोग गर्दै गोली हानेका थिए । गोली लागेर विद्यालय अध्ययनरत सुशिल थापा, नारायण खत्री लगायत दर्जन बढी बालबालिका सख्त घाइते भएका थिए ।

घाइतेहरुमध्ये धेरै स्थानीय अस्पताल र गम्भीर घाइते छात्रा चन्दालाई काठमाडौं उपत्यका ल्याई ललितपुरस्थित बी एण्ड बी नीजि अस्पतालमा उपचार गराइरहेका छन् । घाइतेको दुवै खुट्टा काम नलाग्ने बनेको चिकित्सकले बताएका छन् ।

पौडेल हत्यामा संलग्न प्रहरी निरीक्षक कृष्णदेव शाहसहित तीन जना प्रहरीलाई तत्काल निलम्बन गरी कर्तव्य ज्यान कसुरमा मुद्दा चलाउन राष्ट्रिय मानवअधिकार आयोगले दिएको निर्देशनलाइृ सरकारले रद्दीको टोकरी पुर्याइरहेको अवस्था छ ।

Leave A Reply

Your email address will not be published.