विश्वकै कान्छी प्रधानमन्त्री: फिनल्याण्डमा वामपन्थी गठबन्धन सरकार हाँक्दै

0

फिनल्याण्डले आज सोमबार नयाँ प्रधानमन्त्री पाएको छ । सोसियल डेमोक्रेटिक पार्टीवाट सन्ना मारिन प्रधानमन्त्री चयन भएकी हुन् । यिनको उमेर ३४ वर्षको छ । अहिले यी विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् । यो गठबन्धन सरकार हो । जहाँ वामपन्थीहरुको शक्ति बलियो छ ।

हाल यातायात मन्त्री रहेकी मारिन यो साताभित्रै प्रधानमन्त्रीको सपथ खानेछिन् । विश्वका धेरै देशले युवाहरुलाई राजनीतिमा प्राथमिकता दिएका छन् । युवाको नेतृत्व राम्रो हुने विकसित मुलुकले देखाइसकेका छन् । हुलाक सेवामा भएको हड्तालका विषयमा विश्वासको मत गुमाउँदा फिनल्याण्डका प्रधानमन्त्री आन्ती रिन्नेले राजीनामा दिनु परेको थियो ।

रिन्नेले राजीनामा दिएपछि सत्तारुढ सोसियल डेमोक्रेटिक पार्टीले सन्नालाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो । सन्ना नेतृत्वको सरकारमा सदनका ५ दल सहभागी हुनेछन् । जसमा दलको प्रतिनिधित्व पनि महिलाकै नेतृत्वमा हुनेछ । सोसियल डेमोक्रेटिक पार्टीबाट मारिन प्रधानमन्त्री बन्नेछिन् । वामपन्थी गठनबन्धले ३२ वर्षीया ली एन्डरसनले नेतृत्वमा सरकारमा सहभागिता जनाउनेछ ।

ग्रीन लिग पार्टीबाट ३४ वर्षीया मारिया ओसिसालो, सेन्टर पार्टीबाट ३२ वर्षीया क्याट्री कुल्मुनी र स्विडिस पिपुल्स पार्टी अफ फिनल्याण्डबाट ५५ वर्षीया अन्ना हेर्निकसनले सरकारमा पार्टीको नेतृत्व गर्नेछन् । प्रधानमन्त्रीमा चुनिएपछि सन्नाले भनिन्,‘मैले मेरो उमेर वा लिङ्गबारे कहिल्यै सोचेकी छैन । म राजनीतिमा आफू आउनुका कारण र हामीले निर्वाचन मण्डलबाट विश्वास पाउनुका कारणबारे सोच्छु ।’

विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्न गइरहेकी सन्ना आफ्नो परिवारबाट अध्ययनका लागि विश्वविद्यालय जाने पहिलो व्यक्ति हुन् । उनलाई उनकी आमाले एक्लै पालेकी थिइन् ।

(स्रोत : अन्तर्राष्ट्रिय समाचार एजेन्सी)

Leave A Reply

Your email address will not be published.