युनिभर्सल मेडिकल कलेज अवैध शुल्क फिर्ता गर्न सहमत

0

काठमाण्डौं – अध्ययनरत विद्यार्थीसँग रुपमा लाखौं रुपैयाँ अवैध शुल्क उठाएर ठगी गर्दै आइरहेका मेडिकल कलेजहरु उक्त शुल्क विद्यार्थीलाई नै फिर्ता गर्ने सहमति दिन थालेका छन् ।

अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलनरत विद्यार्थीसँग रुपन्देहीको भैरहवामा संचालित युनिर्भसल मेडिकल कलेज प्रशासन शुल्क फिर्ता गर्न सहमत भएको हो ।

आन्दोलन विद्यार्थी र कलेज प्रशासनबीच शनिबार रात ६ बुँदे सहमति भएको छ । सहमति गर्दा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीको उपस्थिति रहेको जनाएका जनाएका छन् । सहमतिपछि विद्यार्थीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर कलेजमा शैक्षिक प्रशासनिक एवं प्राज्ञिक क्रियाकलाप सञ्चालन गर्न दिने भएको छ ।

शैक्षिक वर्ष ०७५/७६ को हकमा विद्यार्थीले पहिलो किस्ताको शुल्क र केही अतिरिक्त शुल्कसमेत तिरिसकेको हकमा त्रिवि रजिस्ट्रसन र काउन्सिल रजिस्ट्रेसन शुल्क सम्बन्धित निकायले तोकिएबमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम दोस्रो किस्तामा समायोजन गर्ने उल्लेख सहमति भएको छ ।

०७४/७५ मा विद्यार्थीहरूले पहिलो, दोस्रो र तेस्रो किस्ताको रकम र अन्य शीर्षकमा थप रकम बुझाइसकेकाहरुको हकमा त्रिवि रजिष्ट्रेसन र काउन्सिल रजिष्ट्रेसन शुल्क सम्बन्धित निकायले तोकिए बमोजिमको रकम कटौती गरी बाँकी हुन जाने रकम शनिबारबाटै समायोजन फिर्ता गर्ने प्रक्रिया शुरु गर्ने सहमति भएको हो ।

सहमतिपत्रमा कलेजका तर्फबाट अजयकुमार पीएस र सन्तोषकुमार बीएन र विद्यार्थीका तर्फबाट अशोक छत्कुली, रूद्रनारायण शाह, राजेश पौडेल, सुभाष झालगायत १५ विद्यार्थीले हस्ताक्षर गरेका छन् । आन्दोलनमा सहभागी भएका विद्यार्थीलाई कलेजले कुनै पूर्वाग्रह नराख्ने समेत सहमति भएको छ ।

चिकित्सा शिक्षा सर्वसाधारणको पहुँचबाट टाढा बनाइएको र मेडिकल माफियाले कब्जामा पारेर महंगी तुल्याएको भन्दै सरकार समेत माफियाको संरक्षणमा लागेको भन्दै सुधारका लागि भन्दै अध्ययनरत विद्यार्थीहरुले गत भदौ ५ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘चिकित्सा शिक्षा संघर्ष समिति’को घोषणा गरेर आन्दोलन गर्दै आइरहेका थिए ।

अवैध शुल्क फिर्ता गराउनेबारे सरकारले मैडिकल माफियालाई बचाउने र आन्दोलनलाई कमजोर बनाउने गरी कलेज संचालकसँग दुई बुँदे सहमति गरेको भन्दै गत बुधबार र बिहीबार चार वटा मेडिकल कलेजका विद्यार्थीले बोर्ड परीक्षा नै बहिष्कार गरेकाक थिए । त्यसपछि कलेजले धक्का महसुस गरेको थियो । त्यसको दुई दिनपछि नै कलेज प्रशासन आन्दोलनरत विद्यार्थीसँग अवैध रुपमा उठाइएको रकम फिर्ता गर्न तयार भएको हो ।

त्रिविवि, चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयले यसअघि मेडिकल कलेजहरुलाई पटकपटक लिखित र मौखिक रुपमा अवैध रुपमा उठाइएको रकम फिर्ता गर्न आग्रह गर्दै आइरहेको छ । रकम फिर्ता नगरिए ठगीको आरोमा कलेज संचालकलाई पक्राउ गरेर मुद्दा चलाउने चेतावनी समेत दिँदै आएको छ ।

आन्दोलन चितवन मेडिकल कलेज, वीरगन्जको नेशनल मेडिकल कलेजलगायत दर्जन भन्दा बढी कलेजले सरकारले तोकेको भन्दा जनही विद्यार्थी ६ देखि २० लाख रुपैयाँसम्म अवैध शुल्क उठाएको सरकारी अध्यायन प्रतिवेदनले देखाएको छ ।

शुल्क समायोजन वा फिर्ता नभएसम्म आन्दोलन नरोकिने भन्दै विद्यार्थीले चेतावनी दिँदै आइरहेको बेला युनिभर्सल झुकेको हो । आन्दोलनरत विद्यार्थीले युनिभर्सल कलेज गेटमा रिले अनसन समेत चलाएका थिए । युनिभर्सले त्रिभुवन विश्वविद्यालय (त्रिविवि)को चिकित्सा शिक्षा पाठ्यक्रम चलाउँछ ।

Leave A Reply

Your email address will not be published.