काठमाण्डौं – इञ्जिनियर दीपेन्द्र कँडेलले राक्सीमा लगाइएको रोक हटाउन सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् ।
कँडेलले मन्त्री भट्टराईलाई सिंहदबारस्थित मन्त्रालयमै पुगेर ज्ञापनपत्र बुझाएका हुन् । भेटमा मन्त्री भट्टराई अर्थमन्त्रालयसँग छलफल गरेर यसलाई टुंग्याउने प्रतिक्रिया दिएको अनलाइपानासँग कँडेलले बताए ।
सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’लाई सफल पार्ने विषयमा छलफलका लागि छिट्टै आफूले मन्त्रीसँग भेट गर्न चाहेको विषय राखेको पनि उनले जानकारी दिए ।