बाग्लुङ जीप दुर्घटनाका मृतक र घाइतेका नामावली

0

काठमाण्डौं – बागलुङको बडिगाड गाउँपालिकामा पर्ने भिमगिठेस्थित निसी खोलामा मंगलबार बिहान ९ बजे भएको जीप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा २६ वर्षीया सुचना कार्की, ६५ वर्षीय धनबहादुर कार्की ४० वर्षीया बसुन्धरा कार्की, इस्मा गाउँपालिका–३ की २३ वर्षीया माया थापा, नवलपरासी बर्दघाट बस्ने ६० वर्षीया भुमा कार्की रहेका छन् ।

त्यस्तै बाडिगाड गाउँपालिका–५ बस्ने २५ वर्षीया लक्ष्मी केसी, वडा नं. ४ बस्दै आएका ४० वर्षीया सीता कार्की, १० वर्षीया अनुस्का कार्की, ६५ वर्षीय झवि कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वास्ीय भूमि कार्की, २५ वर्षीया मीना बस्नेत, ३० वर्षीया तुलसी कार्की, ६५ वर्षीय धनबहादुर कार्कीको घटनास्थलमै मृत्य भएको थियो ।

त्यसैगरी घाइते हुनेहरुमा इस्मा गाउँपालिका–५ दोबाटोका २५ वर्षीय रेशम थापा, मृतक सूचना कार्कीका ५ वर्षीय छोरा र अर्का एकजना छन् । दुर्घटनामा परेका अन्दाजी ६० वर्षका धनबहादुर कार्की भने खोलामै हराइरहेका छन् । घाइतेको अवस्था जटिल भएकोले उनीहरुलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको जनाइएको छ ।

सडकबाट करिब ढेड सय मिटर तल खोलामा खसेका जीप क्षतिग्रष्त भएको थियो । यही मंसिर ११ गते अर्घाखाँचीको सन्धिखर्कबाट वुटवलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस दिउँसोताका सन्धिखर्क नगरपालिका–६, नरपानीमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो ।

तस्बीर: सुमन सुनारकाे फेसबुक

Leave A Reply

Your email address will not be published.