चीन भ्रमण स्थगित गरेकाे भाेलिपल्टै अमेरिकी राजदूतसँग प्रचण्डकाे भेटवार्ता

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाई वहाना बनाउँदै चीन भ्रमण स्थगित गरेका सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीसँग मंगलबार बिहान भेट गरेका छन ।

सोमबार साँझ चीनियाँ राजदूत होउ यान्छीले पनि प्रचण्डलाई भेटेकी थिइन् । शनिबार मात्रै पार्टीको ठूलो टिम लिएर चीन भ्रमणमा जान लागेको भन्दै प्रचण्डले त्यसको तयारी गरिरहेका थिए । तर प्रधानमन्त्रीको स्वास्थ्योपचार भइरहेको बेला भन्दै उनले भ्रमण एक्कासी स्थगित गरेका थिए ।

चिनियाँ राष्ट्रपति सी जिन पिङको भ्रमणको तयारीका लागि नेपाल आएका चिनियाँ विदेश मन्त्री वाङ यीलाई प्रचण्डले ‘अमेरिकाको तथाकथित ‘इण्डो प्यासिफिक रणनीति’मा नेपाल सामेल नहुने प्रतिवद्धता व्यक्त थिए । उनको यो भनाईलाई चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरिदिएपछि अमेरिकासँग प्रचण्डको सम्बन्ध चिसिएको थियो ।

सोही समयदेखि चिसिएको सम्बन्ध सुधार्नका लागि प्रचण्डले चीन भ्रमण स्थगित गरी अमेरिकी राजदूत तथा अधिकारीहरुसँगको भेटघाटलाई तीव्रता दिएको बुझ्न सकिन्छ । चीन भ्रमण स्थगित गरेर बसिरहेका बेला अमेरिकी राजदूत र्याण्डी बेरीले प्रचण्डलाई निवास ललितपुरको खुमलटारमै पुगेर भेट गरेका हुन् ।

राजदूत बेरीसँग भेट्नुअघि प्रचण्डले नेकपाका नेताद्वय माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । यी मंसिर २४ गते ६० सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै चीन जाने तयारीमा प्रचण्ड थिए ।

Leave A Reply

Your email address will not be published.