२०४८ पछि धरानमा कांग्रेसको पहिलो जित, मेयरमा जिते तिलकले

0

काठमाण्डौं – २०४८ पछि कहिल्यै जित हात पार्न नसकेको कांग्रेसले धरानमा पहिलोपटक जित हातपारेको छ । पहिलो ऐतिहासिक जित निकाल्न र नेकपाको लालकिल्ला भत्काउन झन्डै साढे तीन दशक लाग्यो । त्यो जितका नायक बने तिलक राई, उनले सत्तारुढ नेकपाका उम्मेद्वार प्रकाश राईलाई २ हजार ७९५ मत फरकले पराजित गर्दै बाजी मारेका हुन् ।

आइतबारबाट शुरु भएको मत गणना सोमबार मात्र सकिएको हो ।

अन्तिम मत परिणाम अनुसार विजयी भएका तिलक राईले २६ हजार ७ सय ९ मत प्राप्त गरे भने निकटतम् प्रतिद्वन्द्वी प्रकाश राईले जम्मा २३ हजार ९१४ मत मात्र पाएका छन् ।

मत परिणामको घोषणा हुन भने बाँकी छ । मंसिरको १४ मा सम्पन्न स्थानीय तहको उपचुनावअन्तर्गत धरान उपमहानगरपालिका एकमात्र उपल्लो तह हो । यसअघि यस उपमहागरपालिका मेयर पदमा सत्तारुढ नेकपाले जितेको थियो । उनको निधन भएर खाली मेयर पदमा उपचुनाव भएको हो ।

राईको जितसँगै सत्तारुढ नेकपालाई स्थानीय तहमा भएको एकमात्र उपल्लो तहमा नराम्ररी झटका लागेको चर्चा शुरु भएको छ ।

Leave A Reply

Your email address will not be published.