ब्यक्तिगत लाभका लागि संस्थाको लोगो प्रयोग हुन दिदैनौ, बद्री केसी, उपाध्यक्ष एनआरएनए

0

गैर आबासीय नेपाली संघका उपाध्यक्ष बद्री केसीले संघको लोगोको प्रयोग गरेर कसैले पनि ब्यक्तिगत फाईदा लिन नपाउने ब्यबस्था गर्न लागिएको बताउनु भएको छ । शनिबार एनआरएनए बेल्जियमले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै केसीले एनआरएन अभियानलाई बिक्रितीबाट बचाउन संस्थागत सुधार र बिधी बिधानको कडाईका साथ पालन गर्नु पर्ने आवश्यकता देखिएकोले अब आफ्नो सम्पूर्ण प्रयास यसैमा केन्द्रित गर्ने बताउनु भयो ।

उहाले भर्खर सम्पन्न नबौ महाधिबेशनमा देखिएका बिसँगतिलाई पुन दोहरिन नदिनका लागि संस्थागत सुधारका कामहरु सुरु गरी सकिएकोले आगामी सम्मेलन र भेलाहरुबाट जमानसलाई सकारात्मक सन्देश दिन सकिने विश्वाश ब्यक्त गर्नु भयो ।

लगानीको माध्यमबाट देशको सम्ब्रिद्धी र परोपकारी कामबाट देशबासीको खुशीमा एनआरएनलाई सहभागी बनाउन अबको नेत्रित्वको मुख्य लक्ष रहेकोले बेल्जियमबासी नेपाली समुदायबाट साथ, सहयोग र सहभागिता रहने विश्वाश पनि ब्यक्त गर्नु भयो ।

सहभागीहरुको जिज्ञाशाको जबाफ दिदै सामुहिक लगानीका परियोजनामा लगानी गर्दा नेत्रित्व गर्ने ब्यक्ती र योजना बारे राम्रो अध्ययन गरी लगानी गर्न सुझाब दिदै एनआरएनले कुनै पनि संस्थागत आर्थिक गतिबिधी नगर्ने हुँदा परियोजनाको सफलता र असफलताको जिम्मेवार पनि ब्यक्तिको हुने प्रस्ट पार्नुका साथै एनआरएनएको लोगोको कुनै पनि अन्य संस्था वा ब्यक्तिले आफ्नो फाईदाका लागि दुरुप्रयोग गरे कडा कानुनी कदम चालिने जानकारी पनि दिनु भयो । संस्थागत पारदर्शिताका लागि नयाँ ब्यबस्थापन र पद्धतिले काम गर्ने पनि उहाको भनाइ थियो ।

पदम गुरुङ, अर्जुन गुरुङ,क्रिष्ण पौडेल , नबिन गुरुङ र पत्रकार दिल्ली अंम्माई लगायतले एनआरएनएको पछील्ला निर्णय र कृयाकलापबारे चासो र सुझाब राख्नु भएको थियो ।

एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुबेदीको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन महासचिब तिर्थ धमला र स्वागत उपाध्यक्ष खड्क् केसीले गर्नु भएको थियो भने उपाध्यक्ष केसी र सहकोषाध्यक्ष लोक दाहाललाई सम्मान अध्यक्ष सुबेदी तथा महिला उपाध्यक्ष हरी भट्टराईले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.