उपनिर्वाचन अपडेटः ३ बजेसम्म ६५ प्रतिशत मत खस्यो, शान्तिपूर्ण मतदान जारी

0

काठमाण्डौं – ३७ जिल्लामा जारी उपनिर्वाचनमा मतदाताले मतदान गरिरहेका छन् ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि भएको उपनिर्वाचनमा दिउँसो ३ बजेसम्म ६५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन भएको प्रतिनिधिसभाको एक मात्र क्षेत्र कास्की– २ मा ६० प्रतिशत भन्दा भढि मत खसिसकेको जनाईएको छ ।

एउटा मात्रै उपमहानगरपालिका धरानमा २ बजेसम्म ४५ प्रतिशत मत मात्रै खसेको छ । विभिन्न जिल्लामा भैरहेको उपनिर्वाचनमा खसेको मत प्रतिशत अपडेट गर्ने कार्य जारी रहेको पनि आयोगले जनाएको छ ।

केही ठाउँ बाहेक दिउँसोसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको जनाएको छ ।

आज मात्रै कास्कीका बिभिन्न ४ वटा मतदान स्थलमा फरक–फरक समयमा बम विस्फोट भएको थियो भने डोटीमा पनि बम भेटिएको थियो ।

शनिबार प्रतिनिधि सभाको कास्की क्षेत्र नं. २, प्रदेशसभातर्फ बागलुङ २ (ख), भक्तपुर १ (क) र दाङमा ३ (ख)मा मतदान भइरहेको छ ।

यस्तै, धरान उपमहानगरपालिका, मकालु, पिपरा, फाल्गुनन्द गाउँपालिकामा प्रमुख, खार्पुनाथ गाउँपालिकामा उपप्रमुख र ४३ वडाध्यक्षका लागि मतदान जारी छ ।

Leave A Reply

Your email address will not be published.