उपनिर्वाचनः शान्तिपूर्ण रुपमा मतदान जारी

0

भरतपोखरीमा हस्ताक्षर नभएको मतपत्र भेटिएपछि रोकिएको मतदान सुचारु

काठमाण्डौं – कास्कीको पोखरा महानगरपालिका ३३ भरतपोखरीको बरपाण्डेथुम मतदानस्थलमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र रोकिएको मतदान प्रक्रिया सुचारु भएको छ ।

हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि उत्पन्न भएको विवादका कारण केहीबेर मतदान स्थगित भएको थियो । सर्वदलीय आकस्मिक बैठकले विबाद समाधान गर्ने सहमतिपछि पुनः मतदान सुरु भएको हो, उक्त केन्द्रमा कास्की २ नम्बर क्षेत्रका नेकपा उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छन् ।

उपनिर्वाचनः शान्तिपूर्ण रुपमा मतदान जारी

यस्तै जारी उपनिर्वाचनमा विभिन्न जिल्लाको मतदानस्थलमा मतदाताले मतदान गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार विहान ७ बजेबाट सुरु भएको मतदानमा करिब ४५ प्रतिशत मत खसिसकेको जनाईएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान जारी छ ।

Leave A Reply

Your email address will not be published.