उपनिर्वाचन कास्की : साझाकी रजनी केसीले गरिन् मतदान

0

पौडेलले आफैँलाई भोट हाल्न पाएनन्

पोखरा – रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीकी उम्मेदवार रजनी केसीले मतदान गरेकी छिन् ।

कास्की क्षेत्र नं २ की प्रतिनिधिसभा सदस्य पदकी उमेदवार रजनी केसीले कास्की २ मा रहेको पोखरा गैह्रपाटनमा रहेको नबिन स्कूलमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी हुन्।

नेकपाकी उम्मेद्वार विद्या भट्टराईले पोखरा ३३ भरतपोखरीको शान्ति उदय माविबाट मतदान गरेकी छिन् ।

त्यस्तै कास्की –२ प्रतिनिधिसभा सदस्यका लागि काङ्ग्रेसबाट उम्मेद्वार बनेका खेमराज पौडेलले भने आफैँलाई मतदान गर्न नपाउने भएका छन् । पौडेलको सो क्षेत्रमा मतदाता नामावली नरहेकाले मतदान गर्न नपाउने भएका हुन् ।

Leave A Reply

Your email address will not be published.