चीन–भारतको सम्बन्धमा नेपाल ट्रान्जिट होइन, साझेदार : प्रचण्ड

0

सीको निमन्त्रणामा छिट्टै चाइना भ्रमण गर्ने

काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई भारत र चीनको ट्रान्जिट प्वाइन्टका रुपमा नभएर साझेदारको रुपमा लिनुपर्नेमा जोड दिएका छन ।

नेपाल-चाइना मिडिया फोरमले आज (शुक्रबार) राजधानीमा गरेको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाललाई ट्रान्जिट प्वाइन्टका रुपमा मात्र नभइ साझेदारका रुपमा राख्नुपर्ने बताए । नेपालका सम्बन्धमा भारत र चीनले प्रयोग गर्दै आएको ‘टू प्लस वान’ अवधारणा उपयुक्त नभएको बताएका छन् ।

प्रचण्डले त्रिदेशीय साझेदारीको सम्भावनाबारे विस्तारै चीन र भारत पनि सकारात्मक छलफल हुन थालेको प्रचण्डको भनाई छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा चीनको भ्रमणमा जाने तयारीमा रहेको भन्दै प्रचण्डले त्रिदेशीय साझेदारीका विषयमा पनि कुराकानी गर्ने बताएका छन् । तर उनको भ्रमण तालिका भने तय भइसकेको छैन् ।

‘चिनियाँ राष्ट्रपतिको भ्रमणपछि मेरो नेतृत्वमा पहिलो टोली छिट्टै चीन जाँदैछौं’, प्रचण्डले भने, ‘त्यो भ्रमणले जनमत निर्माण गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास लिएको छु ।’

प्रचण्डले त्रिदेशीय साझेदारीको सम्भावनाबारे विस्तारै चीन र भारत पनि सकारात्मक छलफल हुन थालेको बताए । चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमणमा आउने क्रममा भारतकै बाटो भएर किन आए भन्ने हेक्का राख्नुपर्ने उनले बताए ।

‘किन जानुभयो भन्ने हाम्रो कुनै गुनासो छैन’ उनले भने, ‘यसले त्रिदेशीय साझेदारीको हाम्रो सोच र रणनीतिक महत्वलाई स्थाापित गरेको छ भन्ने लाग्छ ।’ तर चिनियाँ राष्ट्रपति सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भेट्दा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नलागेको बताए ।

Leave A Reply

Your email address will not be published.