हङकङमा प्रदर्शनकारीलाई समर्थन जारी राखे अमेरिकालाई कारबाही गर्ने चीनको चेतावनी

0

चीनले अमेरिकाले हङकङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूलाई समर्थन गरेको भन्दै अमेरिकाविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङ्‌कङ स्वायत्ततालाई समर्थन गर्ने कानुनमा हस्ताक्षर गरेपछि चीन अमेरिकासँग रुष्ट बनेको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले हालै मानव अधिकार तथा प्रजातन्त्र नामक कानुनमा हस्ताक्षर गरेका थिए । ट्रम्पद्वारा हङ्‌कङ आन्दोलनको समर्थन गर्ने कानुनमा गरेको हस्ताक्षरले हङ्‌कङको चुनावमा बेइजिङ समर्थकको हार र आन्दोलनकारीलाई ठूलो सफलता मनिएको छ । ट्रम्मको उद्देश्य चीनसँग व्यापार सम्झौता गर्न चाहेको र दुई देशबीचको व्यापार युद्ध थामियोस् भन्ने रहेको चीनको विश्लेषण छ ।

अमेरिकालाई हङ्‌कङको सार्वजनिक सम्पत्ति नष्ट गर्ने, आगो लगाउने, निर्दोष मानिसलाई कुटपिट गर्ने एवम् कानुनी शासन र सामाजिक व्यवस्थामा खलल पार्न खोज्ने हिंस्रक अपराधीहरूलाई खुला रूपमा समर्थन गरिरहेको चीनको आरोप छ । विश्वका सबैभन्दा शक्तिशाली दुई मुलुकबीच चर्किएको पछिल्लो तनावले ती दुईबीच जारी व्यापार युद्ध रोक्न जारी वार्तामा पनि असर पर्न सक्ने औल्याइएको छ ।

यसैबीच हङ्‌कङमा जारी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि पेट्रोल बम र वाण प्रहार गरेपछि दोहोरो भिडन्त जारी छ रहेको बीबीसीले जनाएको छ ।

बिना सूचना ट्रम्प अफगानिस्तान भ्रमणमा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिना कुनै सूचना अचानक अफगानिस्तानको भ्रणम गर्दै त्यहाँ खटिएका अमेरिकी सैनिकहरूलाई भेटेको खबर पनि छ ।

त्यस क्रममा उनले अमेरिका र तालिबान विद्रोहीबीच वार्ता भइरहेको बताएका छन्। बाग्राम सैन्य अखडामा अमेरिकी सेनालाई सम्बोधन गर्दै ट्रम्पले तालिबानहरूले वार्तामार्फत् सहमति जुटाउन चाहिरहेको बताए । आफ्नो पहिलो अफगानिस्तान भ्रमणका अवसरमा उनले अफगान राष्ट्रपति असरफ गनीसँग पनि भेटघाट गरेका छन् । शान्ति वार्ता थाल्ने उद्देश्यले अमेरिका र तालिबानबीच भएको बन्दी आदानप्रदानपछि ट्रम्पले थ्याङ्क्सगिभिङ भनिने अमेरिकी पर्वको अवसरमा अचानक अफगानिस्तान भ्रमण गरेका हुन् । ट्रम्पले अमेरिकाले सैनिकको सङ्ख्यालाई उल्लेखनीय रूपमा घटाउन लागेको पनि बताए ।

Leave A Reply

Your email address will not be published.