प्रधानमन्त्रीको स्वास्थ्य:खतरामुक्त, डिस्चार्ज हुन अझै एक हप्ता लाग्ने

0

काठमाण्डौं – एपिन्डिसाइटिसको उपचारपछि अस्पतालमा चिकित्सकको निगरानीमा उपचारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको चिकित्सकले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ अवस्था बारे जानकारी दिन आज (शुक्रबार) मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजि चिकित्सक डा. दिब्या सिंह शाहले उक्त जानकारी दिएकी हुन ।

`प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ तर स्वास्थ जोखिम भने कायमै छ । त्यसकारण उहाँ अझै एकहप्ता अस्पतालमा नै रहनुहुन्छ ।´ उनले भनिन ।

प्रधानमन्त्रीले अझै १० दिन भेटघाट र छलफल गर्न नसक्ने उनले बताईन । मिर्गौलाको समेत उपचारमा रहेका प्रधानमन्त्री ओलीको मिर्गौलाको प्रत्यारोपण एपेन्डिसाइटिसका कारण केही पर धकेलिन सक्ने उनको भनाई छ ।

प्रधानमन्त्री ओलीको स्वास्थमा समस्या आएपछि गत मंगलबार बिहान अस्पताल भर्ना भएका थिए । उनमा एपेन्डिसाइटिसको समस्या देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पुर्ण व्यवस्थासहित निरन्तर चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस पनि गरिएको छ ।

Leave A Reply

Your email address will not be published.