कर्णालीमा भीषण हिमपात, हुम्लामा सबैभन्दा धेरै हिमपात

0

कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा बिहीवार राती भीषण हिमपात भएको छ । कर्णालीका हिमाली जिल्लाहरु डोल्पा, मुगु, जुम्ला र हुम्लामा गएराती भीषण हिमपात भएको हो ।

हुम्लामा सबैभन्दा धेरै हिमपात भएको छ । हुम्लामा बिहीवार राती देखि शुक्रबार बिहान आठ बजेसम्म लगातार हिमपात भएको हो । सदरमुकाम सिमीकोट र आसपासका डाँडाकाँडा हिउँले ढाकिएका छन । यस्तै रलिङ, पंचमुखी, चाङला लगायतका क्षेत्र पनि हिँउको घुम्टो भित्र देखिन्छन् ।

हिमपातका कारण त्यस क्षेत्रमा चिसो बढेको छ । हुम्लाको अहिलेको तापक्रम माईनस ३ डिग्री भन्दा तल झरेको छ । चिसोका कारण यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

यस्तै डोल्पा, जुम्ला र मुगुको अवस्था पनि फरक छैन । हरेक बर्ष वर्षा भएपछि हिउँ पर्ने गरेको भएपनी यस बर्ष भने त्यसअगावै हिउँ परेको स्थानीयहरुको भनाई छ ।

Leave A Reply

Your email address will not be published.