ओली – प्रचण्ड टकराव, कसकाे शक्ति कति ?

0

काठमाण्डौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको बरियता बाँडफाँडले अहिले तरंगनै ल्याएको छ । जसले कार्यकर्तामा समेत विवाद सिर्जना हुन थालेको छ। यसले कम्युनिष्ट प्रतिको बाहिरी प्रभाव समेत पर्न थालेको छ।

यस विषयमा प्रचण्डले भने मुख खोलेका छैनन् । करिब तिन वर्ष लामो वार्तापछि बल्ल एकिकरण भएको नेकपामा यो दाग बलिया गरि बस्न सक्ने त्रास समेत सिर्जना भईरहेको छ ।

नेकपा सचिवालयको बैठकले प्रधाानमन्त्री ओलीलाई सरकार र प्रचण्डलाई पार्टी चलाउने जिम्मेवारी दिईसकेको छ । तर, प्रधानमन्त्री निकटनेताहरु भने पार्टीमा ओली भन्दा प्रचण्ड कमजोर रहेको बताउने गरेका छन् । यतिमात्र हैन्, एक टेलिभिजनको अन्र्तवार्तामा ओलीले समेत प्रचण्डलाई दोस्रो बरियताको अध्यक्ष बताएका छन् । प्रचण्ड निकट नेताहरुले पार्टीमा प्रचण्ड पहिलो भएको दाबि गर्दै आएका छन् ।

संविधानले नै प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिएकाले ४ मंसिरको सचिवालय बैठकअघिसम्म ओली सरकार र पार्टी दुवैतिर कार्यकारी अधिकारसहित शक्तिशाली थिए । तर, ४ मंसिरको सचिवालय बैठकले पार्टी अध्यक्षको कार्यकारी अधिकार दोस्रो वरीयताका अध्यक्ष प्रचण्डलाई दिने निर्णय गर्‍यो । अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने बैठकको निर्णयमा भनिएको छ।

२०४६ मा तत्कालीन नेकपा (मशाल)को महामन्त्री भएदेखि एमालेसँग एकता हुनुअघिसम्म माओवादी केन्द्रको अध्यक्षका हैसियतमा कार्यकारी प्रमुखका रहेका सधै शक्तिमा रहँदै आएका प्रचण्ड ३ जेठ २०७५ अघिसम्म पार्टीको कार्यकारी हैसियतमै थिए । जब एमालेसँग एकतापछि उनी अहिले अधिकार विहिन बनेका छन् ।

नेकपा बन्यो, प्रचण्ड पनि एक अध्यक्ष भए, तर कार्यकारी अधिकार प्रयोग गर्न पाएनन् । बैठकको अध्यक्षता ओलीले नै गरे, पार्टीका निर्णयमा ओली नै हाबी रहे । ४ मंसिरको बैठकले कार्यकारी अधिकार प्रदान गरेपछि प्रचण्डले ‘बल्ल अध्यक्ष भएको फिल भएको’ बताउने गरेका छन् ।

साथै अधिकार विनाका अध्यक्षको रुपमा पनि काम गर्दै आएका छन् । यसले प्रचण्डको जनयुद्धकालिन शक्तिमा समेत आँच पुग्दै आएको छ । यसले पछिल्लो समय नेकपामा ठुलो भुईचालो नै आएको छ । केही नेताहरुले वैकल्पिक उपाए खोज्ने सम्मको टिप्पणी समेत गर्दै आएका छन् ।
प्रचण्डले पनि धेरै पटक पुन जंगल जाने कुरा दोहोर्याउँदै आएका छन् । यसले नेकपाको असन्तुष्टिमाथि मसला थप्ने काम गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.