रोकिएन सुन तस्करी, पुनः ८ किलो सुनसहित समातिए दुई चिनियाँ नागिरक

0

काठमाण्डौं – सरकारले विमानस्थलबाट सुन तस्करीहरु अब सुन नेपाल ल्याउन नपाउने बताउँदै आएको छ । सुन तस्करीलाई नियन्त्रण गर्ने अधिकार सहित प्रहरी समेत परिचालनल गरेको छ । तर, अझै सुन तस्करीहरु भने राकिएका छैनन् ।


गएराती पुनः प्रहरीले ८ किलो सुनसहित दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। हङकङबाट नेपाल भित्र्याउन लागेको ८ किलो सुन सहित चिनियाँ नागरिकलाई प्रहरीले शुक्रबार राति त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो ।

उनीहले नेपाल एयरलाइन्स मार्फत् नेपालमा सुन भित्र्याएका थिए । विमानस्थलमा भन्सार चेक गर्दा पक्राउ परेका डीआईजी सूर्य उपाध्यायले जानकारी दिएका छन् । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.