बेसाहारा तीन महिलालाई साहारा

0

काठमाडौं, २८ असार । अपाङ्गता भई सहारा नभएका तीन महिलालाई छ महिने स्वरोजगार तालिम दिई समाजमा पुनःस्थापना गराइएको छ ।
युवा अपाङ्ग सङ्गठन नेपालले एकल, विपन्न र पिछडिएका क्षेत्रका महिलालाई सिलाइ तालिम दिई समाजमा पुनःस्थापनाका लागि मेसिन वितरण गरेको हो ।
पुनःस्थापना एवम् प्रमाणपत्र वितरण गर्न आज जोरपाटीमा आयोजित कार्यक्रममा सर्लाहीकी नरमाया श्रेष्ठ, ओखलढुङ्गाकी निर्मला गौतम र चितवनकी रेखा थपलियालाई सिलाइ बुनाइको मेसिनसहित समाजमा पुनःस्थापनाका लागि सहयोग पु-याइएको अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । गोकर्णेश्वर नगरपालिकाको वडा नं १२, १३, १४, १५ र १६ को संयुक्त कार्यालयले तालिमका लागि सहयोग गरेको थियो ।
कार्यक्रममा संयुक्त वडा सचिव अन्जन कोइराला, महानगरीय प्रहरी बिट जोरपाटीका प्रमुख प्रहरी सहायक निरीक्षक खेम पङ्गेनी, नेकपा (संयुक्त)की देवीका लिम्बू, राप्रपा नेपालका राजन कुइँकेल र एकल महिला सञ्जाल जोरपाटीकी पुष्पा लिम्बूलगायतले सहाराविहीन महिलालाई समाजका हरेक तह र तप्काले समाजमा पुनःस्थापनाका लागि सहयोग पु-याउनुपर्नेमा जोड दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.