यात्रुवाहक बस दुर्घटनामा १० जनाको मृत्यु

0

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुका बस दुर्घटना हुँदा १० जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानीबजार नजिकैको घुम्तीमा पल्टिएको थियो । उद्धारका लागि घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीय खटिरहेका छन् ।

घटनास्थलमै १० जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक माधब रेग्मीले बताए ।

गम्भीर घाइते ७ जनालाई उपचारका लागि बुटबल पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ । बस घुम्तीबाट करिब ४ सय सय मिटर तल खसेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.