कालापानी-लिपुलेक जोगाउन जनमोर्चाद्वारा कालापानी अभियान शुरु

0

काठमाण्डौं – दक्षिणी छिमेकी मुलुक भारतले नेपाली भूमि मिचेको विरोधमा राष्ट्रिय जनमोर्चाले धनगढीदेखि दार्चुलासम्मलाई मोटरसाईकल र्यालीसहित ‘कालापानी अभियान’ सुरु गरेको छ ।

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमका संयोजक तथा केन्द्रीय सदस्य मनोज भट्टले भारतीय विस्तारवादीले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो देशको नक्सामा राखेको घटनाको विरोधमा भारतीय नक्सा खारेजीको मागसहित पार्टीले अभियान शुरु गरिएको बताए ।

दार्चुला जाँदा अत्तरिया, खानीडाडा, बुडर भात्काडा, डडेल्धुरा लगायतका बजारमा कोण सभा गरिने उनले बताए । अभियानको शुरुमा धनगढीमा मार्चपास कार्यक्रम गरिएको थियो । कार्यक्रम उद्घाटनमा बोल्दै प्रदेश संयोजक भट्टले नेपाली भूतिलाई भारतले आफ्नो नक्सामा पार्ने निर्णयले नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि ठाडो हस्तक्षेप भएको बताए ।

‘जनतालाई आफ्नो पार्टितिर आकर्षित गर्न मात्र नभइ यो अभियान देशको सीमा बचाउनका लागि हो’ उनले भने, ‘नेपाली भूमि नेपाललाई फिर्ता नगरेसम्म जनता सुखसाथ बस्न सक्दैनन् ।’ भारतले नेपाली भूमि कालापानीमा भारतले आफ्नो सेना राखेयता ३३ वटा सरकार र ३६ वटा प्रधानमन्त्री बनेको चर्चा गर्दै भारतीय ज्यादाति विरुद्ध खडा हुनसक्ने शासकको आवश्यता परेको धारणा राखे । नेपालको एक इन्च भूमिको रक्षाका लागि राष्ट्रिय जनमोर्चा लड्न तयार रहेको उनको भनाई छ ।

सीमा अतिक्रमणका विरुद्ध र जनदबाब सिर्जना गर्न र नेपालमाथिको सीमा अतिक्रमणबारे विश्वको ध्यान तान्नका लागि राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीले कालापानी एकहप्ते अभियान सञ्चालन गरिएको उनले बताए । ‘कालापानी अभियान सफल पारौं’ लिखत ब्यानरसहित मार्चपास गरिएको थियो ।

लिपुलेक, कालापानी र लिम्पीयाधुरालाई भारतले आफ्नो राजनैतिक नक्सामा राखेर नेपालको राष्ट्रियतामाथि नाङगो हस्तक्षेप पुर्याएको राष्ट्रिय जनमोर्चा नेपालका प्रदेश कमिटी उपाध्यक्ष लोकेन्द्र लम्साले बताए । अभियान मंसिर १७ मा कञ्चनपुरमा पुगेर सम्पन हुनेछ ।

अभियानका क्रममा विभिन्न जिल्लामा पर्चा वितरण, जनभेटघाट, केणसभा, जुलुस तथा आमसभा गरिनेछ भने अभियानको समापन पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.