महाराष्ट्र राजनीति: उद्धव ठाकरेको गठबन्धन सरकार कति दिन चल्ला ?

0

मात खाएको भाजपा चुप रहला ?

बिबिसी – भारतको महाराष्ट्रमा नयाँ सरकार गठन हुने क्रममा छ । शिवसेना प्रमुख उद्धव ठाकरे महाराष्ट्रका नयाँ मुख्यमन्त्री बन्नेछन् । महाराष्ट्रका राज्यपालले उनलाई सरकार बनाउन निमन्त्रणा गरेका थिए र शिवसेना–एनसीपी–कांग्रेसको गठबन्धन सरकारको शपथ ग्रहण समारोह आज मुम्बईको शिवाजी पार्कमा हुने छ ।

एक प्रश्न उठेको छ कि तीन पांग्रे यो सरकार कति दिन सम्म चल्न सक्ला ? किनभने गठबन्धमा रहेको तीन पार्टी अलग – अलग विचारधाराका छन् । यो सरकारको आयु तीनवटा कुरामा निर्भर रहने छ ।

पहिलो, पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसले भनेका थिए कि यी तीन पार्टीहरु एकसाथ यसकारण आएका छन् कि उनीहरु बिजेपीलाई सत्ताभन्दा बाहिर राख्न चाहन्छन् ।

तीनै पार्टीले दाबी गरेका छन् कि एक कमन मिनिमम प्रोग्राम बनाइएको छ जसले महाराष्ट्रको हितमा काम गर्ने छ । तर देवेन्द्र फडणवीसका अनुसार यो कमन मैक्सिमम प्रोग्राम हो, जसको उदेश्य मात्र भाजपालाई सत्ताभन्दा बाहिर राख्नु छ ।

राजनीतिका दुई अलग–अलग ध्रुव, जसमा एक हिन्दुत्वको समर्थन गर्ने विचारधारा छ भने अर्को धर्मनिरपेक्षता छ । यी दुवै ध्रुव यसकारण मिलेक छन् किनभने तेस्रो खेलाडी जो देशको एक ठूलो पार्टी हो भाजपा उसलाई बाहिर राख्न चाहन्छन् । यसका लागि यो सरकार बनिरहेको छ।

शिवसेनाको मुखपत्र ‘सामना’ हरेक बिहान लेख्छ कि यो अखबार अखबार ‘हिन्दुत्वको जोडदार समर्थन’ गर्छ । यस्तो पार्टीसँग सेक्युलर कांग्रेस र एनसीपी कसरी सरकार चलाउने छन? यो चुनौतिको विषय बनेको छ ।

यी पार्टीहरु भनिरहेका छन् कि उनीहरु महाराष्ट्रको हितमा एकसाथ आएका छन् र लोकतन्त्र बचाउन, किसानको हितमा काम गर्न र मुआब्जा दिने काम गर्नेछौँ । तर वास्तवमा देशमा यो समयमा जो-जो राजनीतिक प्रवाह छ, त्यो राष्ट्रवादको हो र बारम्बार यस्ता मुद्दाहरु आएका छन् जसमा यी पार्टीहरुले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने छ र यो नै सरकारको अस्थिरताको एक कारण बन्न सक्ने छ ।

दोस्रो, यो सरकार कहिलेसम्म चल्नेछ यसको जवाफ शायद एक व्यक्तिसँग छ र उनी हुन् शरद पवार। यो सरकारको रिमोट कन्ट्रोल शरद पवारसँग हुनेछ । उनले नै यी तीन पार्टीहरुलाई एकसाथ उभ्याएका हुन् ।

शरद पवारले यो कुरा कांग्रेसलाई पनि मनाए, सोनिया गान्धीलाई पनि मनाए कि उसले शिवसेनासँग मिलेर सरकार बनाओस् र शिवसेनालाई पनि उनले एक ढंगले सम्झाए कि यदि अहिले सरकार बनेन भने शिवसेनाको मुख्यमन्त्री कहिल्यै बन्ने छैन ।

शिवसेना र भाजपा चुनावमा एक साथ लडेका थिए । तर मत परिणाम सार्वजनिक भएपछि दुवैबीच मतभेद भयो । शिवसेनाले आधा समय मुख्यमन्त्री पद चाहिने प्रस्ताव भाजपाले मानेन । शरद पवारले एकातिर शिवसेनालाई उक्साएर गठबन्धनबाट बाहिर ल्याए भने अर्कोतिर कांग्रेसलाई पनि मनाउन सफल भए र बहुमत जुटाए ।

यसकारण यो सरकार तबसम्म चल्नेछ, जबसम्म जबतक शरद पवार चाहनेछन् । तर अहिले शरद पवार भनिरहेका छन् कि यो सरकार पाँच वर्ष चल्ने छ । तर तेस्रो ठूलो फ्याक्टर भाजपाको रहने छ । भाजपाले यहाँ दुईवटा काम गर्न सक्नेछ । एक त उसले अपरेशन लोटस चलाउन सक्छ । अपरेशन लोटस भन्नाले उसले केही सदस्यहरुलाई राजीनामा गराउन सक्छ ।

हाल गठबन्धनसँग १६६ सांसद छन् । यदि यी मध्ये २० देखि २५ सांसदलाई भाजपाले एक–एक गरेर राजीनामा गराउन सकेमा बहुमतको सरकार अल्पमतमा पर्ने छ । यो एक तरिका हुन सक्छ तर भाजपा यति ठूलो मात खाइसकेपछि अब दोस्रोपटक यस्तो गर्ने कुरा अनुमान लगाउन सकिँदैन ।

तर केही समयपछि भाजपाको यो प्रोजेक्ट जरुर हुनेछ । उसले जुन अपमान अहिले सहेको छ कि सरकार बनाएको साढे तीन दिनमा उसको सरकार ढलेको छ । भाजपा चाहन्छ कि उ फेरि पनि सत्तामा आउनुपर्छ ।

यो सरकारमाथि अर्को एक दबाब यो हुन सक्छ कि एनसीपीका छगन भुजबल र प्रफुल्ल पटेलका विरुद्ध भ्रष्टाचारको मुद्दा चलिरहेको छ । अगाडि यो पनि हुन सक्छ कि अनुसन्धान एजेन्सीले नयाँकाण्डका खाताहरु खोल्छ । भ्रष्टाचारको मुद्दामा पनि यो सरकार ढल्न सक्छ । त्यसकारण कुल मिलाएर यो तीन पांग्रे सरकार हो ।

Leave A Reply

Your email address will not be published.