अस्पताल पुगेर देउवाले गरे प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभकाे कामना

0

काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लाइन्ट सेन्टरमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन् ।

बुधबार अपरान्ह अस्पताल पुगेर देउवाले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापामा अनुसार देउवाले चिकित्सकहरुसँग भेट गरेर ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । चिकित्सकहरुसँगको भेटमा उनले ओलीको शीघ्र स्वाथ्य लाभको कामना गरेका छन् ।

सघन उपचार कक्षमा रहेकाले प्रधानमन्त्रीसँग देउवाले भेट भने गर्न पाएनन् । मंगलबार एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीसँग चिकित्सकहरुबाहेक अरुलाई भेट्न दिएका छैनन् ।

प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको र उठेर बस्नसक्ने अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.