प्रम ओलीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । प्रधानमन्त्री ओलीलाई भर्खरै मात्र भेन्टिलेटरबाट हटाइएको अस्पताल श्रोतले बताएको छ । भर्खरै मात्र भेन्टिलेटर हटाइएको छु,अस्पताल श्रोतले भन्यो, प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । हिजोदेखि नै प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा राखिएको थियो ।

प्रधानमन्त्री ओली भेन्टिलेटरमा, पेटमा संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि भेन्टिलेटरमा राखिएको अस्पताल स्रोतले जनाएको छ । महाराजगन्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसियूमा उनलाई भेन्टिलेटरमा राखिएको हो ।

एपेन्डिक्स फुटेर पेट दुखेपछि ओलीलाई मंगलबार बिहानै डाक्टरहरूले शल्यक्रिया गरेका थिए । डाक्टर रमेशसिंह भण्डारीको टिमले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेका हुन् । शल्यक्रिया गर्नुअघि नै एपेन्डिक्स फुटेर प्रधानमन्त्रीको पेटमा संक्रमण पेरिटोनिटिस भएको थियो । प्रधानमन्त्रीलाई पेरिटोनिटिस भएपछि चिकित्सकहरूको टोलीले निरन्तर निगारानीमा राखेका छन् । पेरिटोनिटिस भएपछि सास फेर्न गाह्रो हुन्छ ।

पेटमा भएको संक्रमण रगतमा पुगेको खण्डमा त्यसले थप जोखिम निम्त्याउने चिकित्सकहरूले बताएका छन् । रगतमा संक्रमण पुगेको अवस्थामा त्यसले शरीरका विभिन्न अंगहरू ‘फेल’ हुने सम्म हुनसक्छ।

प्रधानमन्त्रीको स्वास्थ्य अहिले स्थिर देखिएको छ। त्यसैले, रगतमा संक्रमण भइनसकेको हाम्रो आशा छ,’ उच्च स्रोतले भन्यो, ‘रगतमा संक्रमण भए, नभएको यकिन हुन केही समय लाग्छ।’

बुधबारदेखि प्रधानमन्त्रीको स्वास्थ्यमा थप सुधार आए रगतमा संक्रमणको डर कम हुने उनले बताए । बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको शरीरको प्रतिरोधात्मक क्षमता कम छ। त्यसैले उनलाई चाँडै इन्फेक्सनु हुन्छ। एपेन्डिक्स फुटेर सामान्य मानिसलाई पनि पेटमा ुइन्फेक्सन’ हुन्छ र समयमा उपचार नभए त्यो रगतमा सर्न सक्छ।

के हो एपेन्डिसाइटिस ?

हाम्रो शरीरको ठूलो आन्द्रा र सानो आन्द्राको छेउमा तलपट्टि हुने चार इन्चजति लामो नलीलाई एपेन्डिसु भनिन्छ। यो पेटको दायाँतिर तल्लो भागमा हुन्छ। एपेन्डिसको काम के हो भन्ने निश्चित छैन । कतिपय अनुसन्धानले यो शरीरमा काम नलाग्ने अंग भएको र मानव विकास क्रममा आफैं हराएर जाने बताएका छन् । कतिपयले एपेन्डिस राम्रा जीवाणुको ‘स्टोर हाउस’ भएको र यसले मान्छेलाई झाडापखाला भएपछि पाचन प्रणाली दुरूस्त पार्न सहयोग गर्ने बताएका छन् ।

त्यही एपेन्डिसमा संक्रमण भयो भने सहन नसक्ने गरी पेट दुख्छ । एपेन्डिसमा घाउ हुँदा त्यो सुन्निन्छ। कतिपय अवस्थामा फुट्न पनि सक्छ । सामान्य शल्यक्रिया गरेर एपेन्डिस काटेर फालिन्छ । आजकाल डाक्टरहरूले अरू नै कारणले बिरामीको पेटको शल्यक्रिया गर्नुपरेका बेला पनि एपेन्डिस काटेर फाल्दिने गर्छन् ।

Leave A Reply

Your email address will not be published.