निष्पक्ष भूमिकामा मात्र सिफारिस समितिमा रहने मानवअधिकार आयोगको प्रष्टोक्ति

0

काठमाण्डौं – राष्ट्रिय मानवअधिकार आयोगले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्ती सिफारिस समितिमा तटस्थ, निष्पक्ष र पारदर्शी भूमिका र विश्वसनीयता कायम रहने अवस्थामा मात्र आयोग समितिमा बस्ने जनाएको छ ।

आयोगका सचिव वेद भट्टराईद्वारा प्रेस विज्ञप्तिमा त्यसनिम्ति सरकारलाई आयोगले संक्रमणकालीन न्याय सम्बन्धमा गत भदौ ५ मा जारी गरेको विज्ञप्तिलाई स्मरण गराइएको छ ।

आयोगको आज बसेको बैठकले गरेको निर्णयबारे जानकारी दिन जारीदिनेबारे आज गरिएको विज्ञप्तिमा संक्रमणकालीन न्याय सम्बन्धमा सर्वोच्च अदालतको आदेश, कानूनका अन्तर्राष्ट्रिय मान्यताअनुरुप संशोधन, द्वन्द्वपीडितहरुको भावना समेटेर आयोगका पदाधिकारी र सदस्य नियुक्ती सिफारिसको वातावरण कायम रहे मात्र सिफारिस समितिमा बसेर कार्य गर्ने अडान आयोगले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

संक्रमणकालीन न्याय निरुपणसम्बन्धी आयोगहरु सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यक्षमा गणशदत्त भट्ट र बेपत्ता छानबिन आयोगका अध्यक्षमा लोकेन्द्र मल्लिक लगायत सदस्यहरुको नामावलीलाई पूर्वप्रधान न्यायाधीश ओमप्रकाश संयोजक रहेको सिफारिस समितिको सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा सरकारले नियुक्ती प्रक्रिया अगाडि बढायो । तर सिफारिस गरिएका नामावलीप्रति नै असन्तुष्टी जनाउँदै द्वन्द्वपीडितहरुले विरोध शुरु गरेपछि नियुक्त प्रक्रिया नै विलम्बमा परेको छ ।

यस्तै परिस्थितिबीच सिफारिस समितिका सदस्य रहेको राष्ट्रिय मानवअधिकार आयोगले आज प्रेस विज्ञप्ति जारी गरेर यस्तो धारणा सार्वजनिक गरेको हो ।

Leave A Reply

Your email address will not be published.