ल्याप्रोटोमी र एपेन्डेकटोमी विधिबाट प्रधानमन्त्रीको उपचार, स्वास्थ्यावस्था स्थिरः चिकित्सक

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको पेटमा भएको एपेन्डिसाइटिस संक्रमणको उपचार सघन रुपमा गरिएको र हाल सघन कक्षमै चिकित्सक र विज्ञहरुको निगरानी रहेको अस्पतालले जनाएको छ ।

मंगलबार अपरान्ह उपचार गराइरहेको महाराजगन्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे जानकारी दिन जारी गरेको प्रेस विज्ञप्तिमा स्वास्थ्यमा समस्या भएर प्रधानमन्त्री मंगलबार बिहान ९ बजे आइपुगेको जनाएका छन् ।

चेकजाँचका क्रममा पेटमा एपेन्डिसाइटिसको संक्रमण देखिएको र तत्कालै ल्याप्रोटोमी र एपेन्डिकटोमी विधिबाट सघन उपचार गरिएको विज्ञिप्तमा जनाइएको छ । उपचारपछि सघन कक्षमै निगरानीमा राखिएको जनाइएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुको भनाई उदृत गर्दै कार्यकारी निर्देशक प्रा.डा. श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको जानकारी दिएका छन् ।

हेर्नुस् प्रेस विज्ञप्ति

Leave A Reply

Your email address will not be published.