प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा समस्या थपियाे, एपेन्डिसाइटिसकाे शल्यक्रिया गरिँदै

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि शल्यक्रिया गर्ने तयारी गरिएको छ ।

दुखाईले च्यापेपछि मंगल बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भई स्वास्थ्य परीक्षणका क्रममा उनलाई एपेन्डिसाइटिस भएको पत्ता लागेको डा. अरुण सायमीले बताएका छन् ।

अहिले अस्पतालकाे सीसयू कक्षमा भर्ना गरिएको छ । केहीबेरमै शल्यक्रिया गरिने अस्पतालले जनाएको छ ।

मृगौला प्रत्यरोपणका बिरामी रहेका प्रम ओली महिना दिनदेखि धारपासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा नियमित डायलाइसिस गर्दै आएका छन् । उनको स्वास्थ्यमा एपिन्डिसाइटिस नयाँ देखिएको समस्या हो ।

Leave A Reply

Your email address will not be published.