कास्की – २ मा कांग्रेसले ५ हजार मत अन्तरले जित्छ : प्रवक्ता शर्मा

0

पोखरा – चुनावी प्रचारका लागि आइतबार पोखरा आएका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कास्की – २ को चुनाव २ हजार देखि ५००० मत अन्तरले कांग्रेसले जित्ने दावी गरेका छन् ।

‘सबै प्रकारले हेर्दा २ हजार ४०० मतले हामी चुनाव जित्छौं । यो निकै तीव्र प्रतिस्पर्धी मत भएकाले यसलाई बढाउन प्रयत्नशील छौं । म पनि पोखरा आइपुगेको छु’, नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने ।

‘जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह, कम्युनिष्टले विगतमा बाँडेका सपना पूरा हुन नसकेको, कम्युनिष्ट सरकारले गरेका गलत काम सच्याउने अवसर, निष्ठावान र लोकप्रिय उम्मेदवार, कांग्रेसका नेताहरूको बीचमा एकता, कास्कीबाट देशलाई दिने सन्देश नै कांग्रेसले चुनाव जित्ने मुख्य आधार हुन्’, उनले भने ।

यसै प्रसंगमा प्रवक्ता शर्माले मान्छे बुढो हुँदैमा सांसद बन्न नपाउने भन्ने नभएको टिप्पणी गरे । उम्मेदवार खेमराज पौडेलको उमेरको सवाल भन्दा उहाँले दिने सन्देश महत्वपूर्ण हुने उनले स्पष्ट पारे । आफू चुनाव प्रचार अभियानमा लाग्दै गर्दा दशैभर कांग्रेसको पक्षमा लहर आएको समेत उनको दावी छ ।

Leave A Reply

Your email address will not be published.