नीति तथा कार्यक्रम बहुमतले पारित

0

काठमाडौँ, २७ असार । व्यवस्थापिका–संसद्को आजको बैठकले आर्थिक वर्ष २०७२÷७३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । धन्यवादको प्रस्तावद्वारा राष्ट्रपतिबाट यही असार २३ गतेको बैठकमा पेस भएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०७२÷७३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई बैठकले अस्वीकार गर्दै नीति तथा कार्यक्रम पारित गरेको हो ।
नीति तथा कार्यक्रममा एनेकपा (माओवादी) का गिरिराजमणि पोखरेल, राप्रपा (नेपाल)का सुशीलकुमार श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका मीना पुन, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरलगायतले संशोधन प्रस्ताव फिर्ता लिन अस्वीकार गर्नुभएको थियो ।
आजैको बैठकमा अर्थमन्त्री डा रामशरण महतले आर्थिक वर्ष २०७१-७२ को आर्थिक सर्वेक्षण पेस गर्नुभयो ।
त्यसअघि बैठकमा सभामुख सुवास नेम्वाङले अर्थ मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०७२-७३ को राजस्व र व्ययको अनुमान पेस गर्नेसम्बन्धी पत्रको व्यहोरा वाचन गर्नुभएको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक यही असार २९ गते मङ्गलबार अपराह्न १६ः०० बजे बस्नेछ । उक्त बैठकमा अर्थमन्त्रीले आर्थिक वर्ष २०७२-७३ को राजस्व र व्ययको विवरण (बजेट) पेस गर्नुहुनेछ ।

Leave A Reply

Your email address will not be published.