कंगोमा यात्रुबाहक विमान दुर्घटना

0

बीबीसी – कंगोमा १८ जना सवार विमान दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा १६ यात्रुसहित २ जना विमानका कर्मचारीको मृत्यु भएको आशंका गरिएको छ ।

उक्त विमान कंगोको पूर्वी क्षेत्रमा रहेको गोमा शहरमा घरहरुमा ठोकिँदै पुगेर दुर्घटनामा परेको बताइएको छ ।

सहरको अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको उक्त विमान उडानको केही समयपछि सम्पर्कविहीन भएको नर्थ किभुका क्षेत्रीय अधिकारी नजान्जु कासिभिताले बताएका हुन् ।

उनले दुर्घटनामा परी मृत्यु भएको बताए पनि संख्या भने उल्लेख गरेका छैनन् । विमानमा सवारबाहेक सहरका बासिन्दाहरुलाई पनि क्षति पुगेको स्थानीय मिडियाले रिपोर्ट गरेको छ ।

इन्जिन फेल भएको शंका गरिए पनि दुर्घटनाको वास्तविक कारण भने अझै स्पष्ट नभएको बताइएको छ । उद्धारकर्मीहरु अहिले दुर्घटनास्थलबाट शव निकालिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.