बाबुराम उपेन्द्रको समाजवादी पार्टीलाई झड्का, दर्जनौँ कार्यकर्ताद्वारा पार्टी छोडे

0

काठमाण्डौं – तत्कालिन नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजबादी पार्टी नेपालबीच पार्टी एकता भएर सम्पूर्ण काम न सकिदै बाबुराम भट्टराई र उपेन्द्र यादवको समाजवादी पार्टीलाई झड्का लागेको छ ।

समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य देवकला प्रसाईं सहित झापाका दर्जनौँ कार्यकर्ताले सो पार्टी परित्याग गरेका छन् । परित्याग गर्नेमा प्रसाईंसहित सो पार्टीको प्रदेश नं १ कमिटी सदस्य पनिता ढकाल, सङ्घीय परिषद् सदस्य उदय गुरुङ, शिल्पी मोर्चाका केन्द्रीय सदस्य बुद्ध बराइलीलगायत छन् ।

उनीहरुले आज प्रेस विज्ञप्ति जारी गरी पार्टीको कार्यदिशा अस्पष्ट भएकाले परित्याग गरेको जनाएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा केन्द्रीय सदस्य प्रसाईं अर्जुनधारा नगरपालिकाको प्रमुख र प्रदेश सदस्य ढकाल मेचीनगर नगरपालिकाको उपप्रमुखमा तत्कालीन नयाँ शक्ति पार्टीका तर्फबाट उम्मेदवार भएका थिए ।

Leave A Reply

Your email address will not be published.