रसुवाको टिमुरेमा बन्ने भाे सुख्खा बन्दरगाह

0

काठमाण्डौं – रसुवा जिल्लाको टिमुरेमा सुख्खा बन्दरगाहको बुधबार शिलान्यास गरिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती अर्याल र इन्टरनेशनल इकोनमिक एक्सचेन्ज सर्भिस सेन्टरका अफ तिब्बत कर्मस डिर्पामेन्ट अफ चाइनाका निर्देशक बियन चेनले संयुक्त रुपमा बुधबार सुख्खा बन्दरगाहको शिलान्यस गरेका हुन् ।

बन्दरगाह निर्माणका लागि गत बैशाख २९ गते इन्टरमोडल यातायात विकास समिति र चिनियाँ निर्माण कम्पनीबीच सुख्खा बन्दरगाह निर्माण गर्न सम्झौतापत्रमा हस्ताक्षर भएपनि शिलान्यास आज मात्र भएको हो ।

शिलान्यास भएपछि औपचारिक रुपमा बन्दरगाह निर्माणको काम सुरु हुने भएको छ । निर्माण लागत करिब १२ करोड ४० लाख चिनियाँ युआन रहेको छ । बन्दरगाह निर्माणमा चीन सरकारको आर्थिक र प्राविधिक सहयोग हुनेछ । सुख्खा बन्दरगाह निर्माण गर्न चीन सरकारका तर्फबाट तिब्बत फूली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड छनोट भएको छ ।

नेपाल र चीनबीच भएको सम्झौता अनुसार चीनियाँ पक्षले सुख्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । आधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको निर्माण हुने र निर्माण अवधि साढे दुई वर्षको तोकिएको छ ।

Leave A Reply

Your email address will not be published.