पार्टीको जिम्मेवारी प्रचण्डलाई, ओली पाँच वर्ष नै प्रधानमन्त्री

0

काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ ।

बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो । जसअनुसार यो संसद रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् ।

प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायीत्वको सन्देश दिने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

मन्त्रीमण्डल पुनर्गठनबारे छलफल गर्न भन्दै बोलाएको नेकपा सचिवालय बैठकले कुनै निर्णय लिन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपनि मन्त्रीको विषयमा भने टुंगो लगाउन नसकेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले मन्त्रीमण्डल पुनर्गठन प्रधानमन्त्रीको कार्यक्षेत्रको विषय भएको भन्दै छिट्टै यसबारे प्रधानमन्त्रीले निर्णय लिने विश्वास व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.