ओली–प्रचण्ड राष्ट्रपति भण्डारी भेट्न शीतलनिवासमा !

0

काठमाण्डौं – प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटका लागि शितनिवास पुगेका छन ।


मन्त्रिमण्डल हेरफेरको चर्चा चलिरहेका बेला ओली–प्रचण्डले एकैसाथ राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन् । भेटमा मन्त्रिपरिषद हेरफेरका साथै तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा भएको ‘पावर शेयरिङ’ का विषयमा छलफल हुने बुझिएको छ ।

नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच खटपट भएका बेला पटकपटक राष्ट्रपतिले सहमति जुटाउन शीतलनिवास बोलाएर मध्यस्थता गर्दै आएकी छिन ।

प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद बैठकमा आफूले आज केही निर्णय गर्ने भन्दै सार्वजनिक कार्यक्रममा सहभागी नहुन तथा उपत्यकाबाहिर नजान मन्त्रीहरुलाई निर्देशन दिएका थिए । उनले हालसम्मको सहकार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा पुनः सहकार्यको सम्भावना रहेकाले चित्त नदुखाउन मन्त्रीहरुलाई आग्रह गरेका थिए । ओलीले आजै केही मन्त्री हटाउने चर्चा छ ।

Leave A Reply

Your email address will not be published.