पत्रकार खेम भण्डारीलाई एक घण्टाका लागि जेल हालियो

0

काठमाण्डौं – नेपाल बार एसोसिएसनको कञ्चनपुर शाखाले पत्रकार खेम भण्डारीविरुद्ध दायर गरेको अपहेलनासम्बन्धी मुद्दामा जिल्ला अदालत कञ्चनपुरको मंगलबार फैसला गरेको छ ।

फैसलामा सो मुद्दामा भण्डारीलाई दोषी ठहर गर्दै एक रुपैयाँ जरिवाना र एक घण्टा कैद सजायँको आदेश दिएको छ । सोही अनुरुप जरिवाना तिराएपछि प्रहरीले पक्राउ गरी उनलाई कैद भुक्तानका लागि एक घण्टा कारागार (जेल) हालिएको छ ।

फैसलाले मुद्दामा पुनरावेदन गर्ने मौका नदिइएको भन्दै भण्डारीले असन्तुष्ट जनाउने व्यहोराको स्टाटस उनले केहीबेर अघि मात्र आफ्नो फेसबुक पेजमा पोष्ट गरेका छन् ।

Leave A Reply

Your email address will not be published.