सरकारप्रतिको असन्तुष्टि मतदानमा व्यक्त गर्न नेता पौडेलको आग्रह

0

काठमाण्डौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारप्रतिको असन्तुष्ट उपनिर्वाचनमा हुने मतदान गरेर व्यक्त गर्न मतदातासँग आग्रह गरेका छन् ।

मंगलबार भक्तपुरको प्रदेश सभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट भाग लिँदै मतदातासँग सरकार राष्ट्रियता र नागरिकको दैनिकीबारे बेमतलबी बनेको भन्दै उपचुनावमा कांग्रेसलाई मत दिएर जिताए देश र राष्ट्रको समस्या समाधान गर्ने बताए ।

वर्तमान सरकारले भ्रष्टचार, तस्करको संरक्षण गरेको र राष्ट्रियताविरोधी गतिविधिलाई बन्द गर्न नसकेको नेता पौडेलको भनाई छ । उनले आज भक्तपुरको ताथलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले नेकपा नेतृत्वको सरकारबाट भइरहेका गलत गतिविधिबाट जनता आजित भइसकेकोले योपटक भोट कांग्रेस दिन आह्रवान गरे ।

उनले कस्तो सत्ता र सरकार बनाउने ? भन्ने विषयमा निर्णय जनताले यही उपचुनावबाट गनुपर्ने बताए । नेकपाको सरकारले दिएको बेरोजगारी, महंगी, भ्रष्टाचार, असुरक्षा लगायतका समस्याबाट आजति मतदाताले मतदान गर्दा निकै सचेत भएर भोट हाल्न समेत उनले आग्रह छन् ।
यही मंसिर १४ मा भक्तपुरको प्रदेश सभातर्फ उपचुनाव हुँदैछ ।

Leave A Reply

Your email address will not be published.